चितवन । चितवनको राप्ती नगरपालिका–७ वीरेन्द्रनगर स्थित पूर्व-पश्चिम राजमार्गमा तेल ट्यांकर र मोटरसाइकल एकआपसमा ठो क्किँदा दुई जनाको मृ त्यु भएको छ ।
बिहीवार साँझ करिब ७:४५ बजे भण्डाराबाट नारायणघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०६- ००३ प ०२७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु १ ख ६६०१ नम्बरको तेल ट्यांकर एकापसमा ठो क्किएर दु र्घटना भएको हो ।
दु र्घटनामा परि खैरहनी नगरपालिका–१० बस्ने अन्दाजी ३२-३३ वर्षका शक्ति चौधरी र उनका भाइ अन्दाजी २८-२९ वर्षका नसिब चौधरी ग म्भीर घा इते भएका थिए । ग म्भीर घा इते दुवैलाई तत्काल उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएकोमा उपचारको क्रममा मृ त्यु भएको प्रहरीले जनाएको छ ।
यता मृतकका आफन्तले भने उपचारका क्रममा नभई दुर्घटना भएपश्चात गाडी चालकले पछाडीतिर गाडी ब्यक गरेर कुल्चेर घटनास्थलमै मारेकाे आ राेप लगाएकाछन् ।
ठ क्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नि’यन्त्रणमा लिएको छ । घ टना पश्चात् स्थानीय तथा आफन्त सडक अवरु’द्ध गरेका थिए ।








