शुक्र, भदौ २६, २०८३
Search
शुक्र, भदौ २६, २०८३

परदेशमा बसेर मातृभूमिको पीडामा मलम लगाउँदै हेमकान्त सेढाईं

Share:
5

चितवन । चितवनको राप्ती नगरपालिका–२ स्थायी घर भई दशकौँदेखि बेलायतमा स–परिवार बसोबास गर्दै आएका व्यवसायी हेमकान्त सेढाईं यतिबेला मातृभूमिमा परेको विपत्तिका पीडितको सहयोगमा जुटेका छन्।

भाद्र १० गते तिब्बत हुँदै रसुवा लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि सेढाईंले बेलायत स्थित आफ्नै होटलमा विभिन्न च्यारिटी कार्यक्रम सञ्चालन गरी राहत रकम संकलन गरिरहेका छन्।

Screenshot

नेपालमा भएको प्राकृतिक विपत्तिबारे बेलायतमा रहेका स्थानीय जनप्रतिनिधि, स्थानीय सरकारका प्रमुख, सांसद तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूलाई आफ्नो होटलमा आमन्त्रण गरी घटनाको अवस्था र पीडितको वास्तविकताबारे जानकारी गराउँदै आएका सेढाईंले आफूले सकेको सहयोग जुटाउने अभियान सञ्चालन गरिरहेको बताए।

बाढीका कारण धेरै नागरिकले ज्यान गुमाएको, ठूलो संख्यामा मानिस बेपत्ता भएको तथा कैयौँ परिवार घरबारविहीन बनेको घटनाप्रति दुःख व्यक्त गर्दै सेढाईंले मानवीय सहयोग नै अहिलेको प्रमुख आवश्यकता भएको बताए।

उनका अनुसार च्यारिटीमार्फत संकलन भएको रकममा आफूले व्यक्तिगत रूपमा समेत थप गरी नेपाली १० लाख रुपैयाँभन्दा बढी रकम नेपाल सरकारको सम्बन्धित खातामा जम्मा गर्ने तयारी छ।

सेढाईंका लागि विपत्तिमा सहयोग गर्नु भने नयाँ विषय होइन। उनले विगत लामो समयदेखि नेपालमा आइपर्ने प्राकृतिक तथा मानवीय विपत्तिमा सहयोग गर्दै आएका छन्। २०७२ सालको विनाशकारी भूकम्पका बेला विभिन्न बस्ती पुनर्निर्माणका लागि सहयोग गर्नुका साथै विभिन्न स्थानमा एम्बुलेन्स सहयोग समेत गरेका थिए।

त्यसैगरी, स्थानीयस्तरमा आर्थिक अवस्था कमजोर भएका, दुःखी, बेसहारा, अपाङ्गता भएका तथा स्वास्थ्य र शिक्षाको अवसरबाट वञ्चित नागरिकलाई प्रत्यक्ष सहयोग गर्दै आएका सेढाईं सामाजिक सेवामा निरन्तर सक्रिय छन्। बेलायतमा समेत आफ्नो व्यावसायिक क्षेत्रसँगै स्थानीय क्लब तथा खेलकुद गतिविधिमा विभिन्न प्रकारको सहयोग गर्दै आएका छन्।

परदेशमा रहेर व्यवसाय र पारिवारिक जीवनमा व्यस्त भए पनि मातृभूमिमा आइपर्ने दुःख–पीडालाई आफ्नै पीडा सम्झेर सहयोगका लागि अघि बढ्ने सेढाईंको अभियानले विदेशमा रहेका नेपालीको सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।

भौगोलिक दूरीले मातृभूमिसँगको सम्बन्ध टाढा बनाउन सक्दैन भन्ने उदाहरण बनेका सेढाईं, विपत्तिको समयमा स्वदेशको पीडामा मलम लगाउने एक सच्चा ‘पहरेदार’का रूपमा देखिएका छन्।

Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।