चितवन, भदाै २१ । कालिका- ६ खाेलेसिमल स्थित सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १९औं वार्षिक साधारण सभाकाे पूर्व सन्ध्यामा आइतवार वार्षिक समीक्षा कार्यक्रम आयोजना गरिएकाे छ ।
संस्थाका अध्यक्ष लालुप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामचन्द्र पाठकले कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने संस्थाका सल्लाहकार एवं पूर्व अध्यक्ष शीतल काजी श्रेष्ठ, पूर्व अध्यक्ष द्रोण प्रसाद लामिछाने, संस्थापक अध्यक्ष श्याम कान्तमणी लामिछाने लगायतले संस्थाकाे काम र लक्ष्यहरूको सुझाव सहितको मन्तव्य राख्नुभएको थियो ।
विगत एक वर्षमा सम्पादित योजना, प्रगति, र बजेटको समीक्षा गरी आगामी वर्षका लागि सुधारका उपाय खोज्ने हेतुले समीक्षा कार्यक्रम राखिएकाे सहकारी संस्थाका अध्यक्ष दाहालले जानकारी दिनुभयाे ।
सहकारीकाे वार्षिक साधारण सभाकाे पूर्व सन्ध्यामा यही भदाै २४ गते वृक्षराेपण, २७ गते रक्तदान र असाेज ३ गते १९औं वार्षिक साधारण सभा गरिने उहाले बताउनुभयाे ।
समीक्षा कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकारहरू, पूर्व अध्यक्षहरू, विभिन्न उपसमिति, कार्यदल सहित कर्मचारीहरूको सहभागिता रहेको थियो ।
संस्थाका सचिव भीमप्रसाद लामिछानेले सञ्चालन गर्नुभएकाे कार्यक्रममा उपाध्यक्ष टंक वहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि. बागमती प्रदेशमै उत्कृष्ट हुँदै सम्मानित भईसकेकाे छ । केन्द्रीय बचत तथा ऋण – सहकारी संघ (नेफ्स्कुन) को ३९औं – स्थापना दिवसको अवसरमा बागमती – प्रदेशबाट प्रदेशस्तरीय उत्कृष्ट – संस्थाको छनोटमा सुरक्षित साकोस उत्कृष्ट हुँदै पुरस्कृत भएको हो ।
स्थापना दिवस विशेष कार्यक्रममा नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अध्यक्ष प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले संस्थाका अध्यक्ष दाहाललाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
२०६५ सालमा स्थापना भएको सो संस्थाको ४ हजार ८८५ जना सेयर सदस्य रहेका छन् । सेयर सदस्यमध्ये संस्थाबाट ऋण लिएर ५४२ जनाले व्यापार, व्यवसाय र उद्यम गरिरहेका छन् ।








