शुक्र, भदौ २६, २०८३
Search
शुक्र, भदौ २६, २०८३

संखुवासभामा शिक्षकको गोली हानी हत्या

Share:
8

संखुवासभा, भदाै १९ । संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको गोली हानी हत्या गरिएको छ।

कालिका आधारभूत विद्यालयमा कार्यरत राई बिहीबार साँझ खाना खाएर हात धुन बाहिर निस्किएका बेला भरुवा बन्दुकबाट गोली प्रहार भएको प्रहरीले जनाएको छ।

गोली लागेर देब्रे कोखमा चोट लागेका राई बन्दुकको आवाजसँगै घटनास्थलमै ढलेका थिए। विद्यालयमै बस्दै आएका राईमाथि गोली कसले र किन चलायो भन्नेबारे हालसम्म खुलेको छैन।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।