रत्ननगर, भदाै २५ । पूर्वी चितवनको रत्ननगर-३, पुरानो यामाहा शोरूमअगाडि पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट स्कुटरपछाडि सवार एक पुरुषको मृत्यु भएको छ । स्कुटर चालक घाइते भएका छन् ।
बिहीबार बिहान ९:४५ बजेको समयमा टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना ३ ख ५१८७ नम्बरको ट्रकले खैरहनीबाट टाँडी आउँदै गरेको ना ३९ प १३४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते स्कुटरपछाडि बसेका मकवानपुरको मनहरी गाउँपालिका वडा नं ७ बस्ने ३८ वर्षीय प्रितम मोक्तानको बकुलहर रत्ननगर अस्पतालमा उपचारका क्रममा ९:५५ बजे मृत्यु भएको हो । अर्का घाइते स्कुटर चालक मनहरी -७ बस्ने ४३ वर्षीय दिपेन्द्र बर्तौलाको नयाँ मेडिकल कलेज (सिएमसी) भरतपुरमा उपचार भइरहेको छ ।
ट्रक र ट्रक चालक पर्साको कालिकामाई गाउँपालिका वडा नं-१ बस्ने ३६ वर्षीय रन्जितकुमार पटेल प्रहरीको नियन्त्रणमा रहेको र उक्त घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।








