शनि, अशोज २४, २०८३
Search
शनि, अशोज २४, २०८३

पोखराको फेवातालमा भारतीय गाडी खस्यो, २ जनाको मृत्यु

Share:
21

पोखरा, भदाै १९ । पोखराको फेवातालमा भारतीय नम्बर प्लेटको गाडी खस्दा २ जनाको मृत्यु भएको छ । अरु २ जनाको जीवितै उद्धार गरिएको छ । बिहान करिब ५ बजेट गैराको चौतारा नजिकको घुम्तीमा लेकसाइडतर्फ आउँदै गरेको बिआर ०५ बिबि ६७५९ नम्बरको कार अनियन्त्रित भई तालमा खसेको हो ।

दुर्घटनामा भारतको बिहार प्रदेशका २६ वर्षीय नवदीप कुमार यादव अर्का अन्दाजी ४० वर्षका पुरुषको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । उनको नाम र ठेगाना भने खुल्न सकेको छैन ।

२७ वर्षका अनमोल कुमार यादव र ३३ वर्षका सुरज यादव चाहिँ खतरामुक्त छन् । उनीहरू पनि भारतको रक्सौलका हुन् । दुवै जनाको गण्डकी मेडिकल कलेज कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

 

Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।