कालिका भदौ १८ । चितवनको कालिका नगरपालिकामा पछिल्लो समय बसाई सरेर आउनेहरूको आकर्षण बढेको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा कालिकामा बाहिरबाट स्थायी रूपमा बसाई सरेर आउनेकाे संख्या ह्वात्तै बढेको छ । २०५ जना परिवारकाे (७०२ जना) सदस्य संख्या बाहिरबाट कालिका भित्रिएका छन् भने ११२ जना परिवारकाे (३१२ जना) सदस्य संख्या मात्रै बाहिरिएका छन्, जसले छाड्नेभन्दा भित्रिनेको संख्या बढी रहेको देखाउँछ ।
नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाकाे प्रतिवेदन अनुसार २०५ जना परिवार बाहिरबाट कालिका भित्रिएका छन् । यसको तुलनामा कालिका छाडेर अन्यत्र जानेको संख्या भने निकै कम छ । सोही अवधिमा ११२ जना परिवार दर्ता मार्फत मात्रै बाहिरिएका छन् ।
वडा नम्बर १ मा बसाईसरी आएकाे १२ परिवार र बसाईसरी जाने ९ जना परिवार, वडा नम्बर २ मा बसाईसरी आएकाे २१ जना परिवार र बसाईसरी जाने १३ जना परिवार, वडा नम्बर ३ मा बसाईसरी आएकाे ५० जना परिवार र बसाईसरी जाने १० जना परिवार, वडा नम्बर ४ मा बसाईसरी आएकाे १३ जना परिवार र बसाईसरी जाने ३ जना परिवार, वडा नम्बर ५ मा बसाईसरी आएकाे १७ जना परिवार र बसाईसरी जाने ५ जना परिवार, वडा नम्बर ६ मा बसाईसरी आएकाे ३९ जना परिवार र बसाईसरी जाने १६ जना परिवार, वडा नम्बर ७ मा बसाईसरी आएकाे ३३ जना परिवार र बसाईसरी जाने ३५ जना परिवार, वडा नम्बर ८ मा बसाईसरी आएकाे १५ जना परिवार र बसाईसरी जाने ११ जना परिवार, वडा नम्बर ९ मा बसाईसरी आएकाे २ जना परिवार र बसाईसरी जाने ४ जना परिवार, वडा नम्बर १० मा बसाईसरी आएकाे ३ जा परिवार र बसाईसरी जाने ३ जना परिवार र वडा नम्बर ११ मा बसाईसरी आउने शून्य बसाईसरी जाने ३ जना परिवार रहेका छन् ।
सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख रामप्रसाद अधिकारीका अनुसार नगरभित्र जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईसराई गरी कुल २ हजार १ सय २ वटा व्यक्तिगत घटना दर्ता भएका छन् । यस अवधिमा ९८९ जना बालबालिकाको जन्मदर्ता भएको छ, जसमा ५०८ पुरुष र ४८१ महिला रहेका छन् भने तेस्रो लिङ्गीको दर्ता संख्या शून्य छ ।
वडागत रूपमा वडा नम्बर ८ मा सबैभन्दा बढी १४५ जना र वडा नम्बर ४ मा सबैभन्दा कम ४६ जनाको जन्मदर्ता भएको छ । त्यसैगरी नगरभरि २९३ जनाको मृत्यु दर्ता भएको छ, जसमा १७९ पुरुष र ११४ महिला छन् । मृत्यु दर्तातर्फ वडा नम्बर ७ मा सबैभन्दा बढी समान ४९ जना र वडा नम्बर १० मा सबैभन्दा कम ६ जना रहेका छन् ।
पारिवारिक विवरण अनुसार सोही अवधिमा ४२२ जोडीले विवाह दर्ता गराएका छन् भने ८१ जोडीले सम्बन्ध विच्छेद गरेका छन् । विवाह दर्तातर्फ वडा नम्बर ६ मा सबैभन्दा बढी ५९ वटा र वडा नम्बर ११ मा सबैभन्दा कम १९ वटा दर्ता भएका छन् भने सम्बन्ध विच्छेदमा वडा नम्बर ७ मा सबैभन्दा बढी १४ वटा र वडा नम्बर १० सम्बन्ध विच्छेदको घटना १ वटा रहेको कालिकाका एम.आई.एस अपरेटर सराेज लामिछानेले जानकारी दिए ।
समग्रमा वडा नम्बर ७ मा सबैभन्दा बढी २७० वटा र वडा नम्बर ११ मा सबैभन्दा कम १०८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् । बसाईसराईकाे यो उच्च दरले कालिकाकाे बजार क्षेत्रमा सेवासुविधा र स्थायी बसोबासका लागि नागरिकको पहिलो रोजाइ बन्दै गएको देखाउँछ ।








