आइत, अशोज ४, २०८३
Search
आइत, अशोज ४, २०८३

कालिकामा एक वर्षमै ८१ जोडीले गरे सम्बन्ध बिच्छेद

Share:
24

कालिका, भदाै १८ । चितवनको कालिका नगरपालिकामा एक वर्षमै ८१ जोडीले सम्बन्ध बिच्छेद (वैवाहिक सम्बन्ध टुटाए) का छन् । आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाकाे प्रतिवेदन अनुसार कुल ८१ जोडीले सम्बन्ध विच्छेद दर्ता गराएका छन् ।

सोही अवधिमा नगरभरि ४२२ जोडीले विवाह दर्ता भएको छ । वडागत रूपमा वडा नम्बर ७ मा सबैभन्दा बढी १४ वटा सम्बन्ध विच्छेदका घटना दर्ता भएका छन् भने वडा नम्बर १० मा सम्बन्ध विच्छेदको संख्या १ वटा रहेको छ ।

वडा नम्बर १ मा ९ वटा, वडा नम्बर २ मा ५ वटा, वडा नम्बर ३ मा १२ वटा, वडा नम्बर ४ मा ४ वटा, वडा नम्बर ५ मा ६ वटा, वडा नम्बर ६ मा ९ वटा, वडा नम्बर ७ मा १४ वटा, वडा नम्बर ८ मा ११ वटा, वडा नम्बर ९ मा ७ वटा, वडा नम्बर १० मा १ वटा र वडा नम्बर ११ मा ३ वटा जाेडिले सम्बन्ध विच्छेद गरेकाछन् ।

सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख रामप्रसाद अधिकारीका अनुसार सोही अवधिमा जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराई गरी कुल २ हजार १ सय २ वटा व्यक्तिगत घटना दर्ता भएका छन् । जसअन्तर्गत ९८९ जना बालबालिकाको जन्मदर्ता (५०८ पुरुष र ४८१ महिला) छन् ।  जसमा वडा नम्बर ८ मा सबैभन्दा बढी १४५ जना र वडा नम्बर ४ मा सबैभन्दा कम ४६ जना रहेका छन् ।

यसैगरी, नगरभरि २९३ जनाको मृत्यु दर्ता भएकोमा वडा नम्बर ७ मा सबैभन्दा बढी ४९ जना र वडा नम्बर १० मा सबैभन्दा कम ६ जनाको दर्ता भएको छ । विवाह दर्तातर्फ वडा नम्बर ६ मा सबैभन्दा बढी ५९ वटा र वडा नम्बर ११ मा सबैभन्दा कम १९ वटा दर्ता भएकाे कालिकाका एम.आई.एस अपरेटर सराेज लामिछानेले जानकारी दिए ।

सम्बन्ध विच्छेदका घटनासँगै कालिकामा पछिल्लो समय बाहिरबाट बसाई सरेर आउनेहरूकाे संख्या ह्वात्तै बढेको छ । २०५ जना परिवारकाे (७०२ जना) सदस्य संख्या बाहिरबाट कालिका भित्रिएका छन् भने ११२ जना परिवारकाे (३१२ जना) सदस्य संख्या मात्रै बाहिरिएका छन्, जसले छाड्नेभन्दा भित्रिनेको संख्या बढी रहेको देखाउँछ । समग्र व्यक्तिगत घटना दर्ताका आधारमा वडा नम्बर ७ मा सबैभन्दा बढी २७० वटा र वडा नम्बर ११ मा सबैभन्दा कम १०८ वटा घटना दर्ता भएकाछन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।