आइत, अशोज ४, २०८३
Search
आइत, अशोज ४, २०८३

प्रधानमन्त्री राहत कोषमा चितवनकाे कालिका नगरपालिकाले ३५ लाख सहयोग गर्ने

Share:
24

कालिका, भदौ १७ । प्राकृतिक विपद्का कारण सङ्कटमा परेका नागरिकहरूको उद्धार, राहत तथा पुनर्निर्माणका लागि चितवनको कालिका नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा ३५ लाख रुपैयाँ रकम जम्मा गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख बिनाेद रेग्मीकाे अध्यक्षतामा बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले रू २६ लाख जनप्रतिनिधि तथा कर्मचारी र रू ९ लाख विपद् काेषबाट गरि जम्मा रू ३५ लाख भाेटेकाेशी बाढीपिडीतलाई यो राहत सहयोग जुटाउने निर्णय गरेको हो ।

विपद्को यस घडीमा अग्रसरता देखाउँदै नगरका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूले आफ्नो सेवा-सुविधा र पारिश्रमिकको अंश कट्टा गरी योगदान पुर्‍याउने भएका छन् ।

नगरपालिकाको विपद् कोषबाट रू ९ लाख रुपैयाँ विनियोजन गरिनेछ । यी सबै स्रोतहरूबाट सङ्कलित रकम प्रधानमन्त्री राहत कोषमा पठाइने र विपद् प्रभावित नागरिकलाई तत्काल राहत पुर्‍याउन सम्पूर्ण नगर परिवार एकाकार भएर लागेको उपप्रमुख बिमला तामाङले जानकारी दिनुभएको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।