बुध, साउन ६, २०८३
Search
बुध, साउन ६, २०८३

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

Share:
41

असार २४ । फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा मंगलबार राति भएको खेलमा इजिप्टविरुद्ध ३–२ गोलको पुनरागमन जित निकाल्दै क्वार्टरफाइलन (अन्तिम ८) मा प्रवेश गरेको हो ।

खेलको ७८औँ मिनेटसम्म २–० गोलले पछि परेको अर्जेन्टिनाले त्यसपछिका १३ मिनेटमा तीन गोल गर्दै सनसनीपूर्ण जित निकालेको हो ।

इजिप्टका यासेर इब्राहिम र मोस्ताफा जिकोले गोल गर्दा अर्जेन्टिनाका क्रिस्टियन रोमेरो, लियोनल मेसी र एन्जो फर्नान्डेजले एक–एक गोल गरेका थिए ।

खेलको १५औँ मिनेटमा इजिप्टका यासेरले गोल गर्दै सुरुवाती अग्रता लिएका थिए । त्यसपछि ६७औँ मिनेटमा मोस्ताफाले गोल गर्दै इजिप्टलाई २–० को अग्रता दिलाए थिए ।

त्यसपछि ७९औँ मिनेटमा अर्जेन्टिनाका रोमेरोले गोल गर्दै टोलीलाई २–१ गोलको स्थितिमा ल्याए । यस्तै, मेसीले ८३औँ मिनेट र इन्जुरी समयको दोस्रो मिनेटमा फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई सनसनीपूर्ण जित दिलाए ।

 

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।