शनि, अशोज ३, २०८३
Search
शनि, अशोज ३, २०८३

रत्ननगरवासीलाई खानेपानीमा ठूलो राहत : नयाँ धारा जडानमा ५० प्रतिशत छुट, जेठ महिनाको महशुलमा पनि सहुलियत !

Share:
210

रत्ननगर, बैशाख ३० । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेलगत्तै उपभोक्तालाई लक्षित गर्दै महशुल तथा नयाँ धारा जडानमा भारी छुटको घोषणा गरेको छ।

संस्थाको सातौं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको मिति २०८३ वैशाख २९ गते बसेको पहिलो बैठकले उपभोक्तालाई प्रत्यक्ष राहत पुग्ने गरी विभिन्न सहुलियत दिने महत्त्वपूर्ण निर्णय गरेको हो। संस्थाका अध्यक्ष दिपकराज पौडेलद्वारा वैशाख ३० गते जारी सूचना अनुसार सम्पूर्ण उपभोक्ता वर्गलाई छुटबारे जानकारी गराइएको छ।

यस्ता छन् सहुलियत तथा छुटका व्यवस्थाहरू:

महशुलमा छुट: आगामी २०८३ जेठ महिनामा हुने मिटर रिडिङको महशुलमा प्रत्येक उपभोक्तालाई न्यूनतम रु. ८०/- छुट दिइने निर्णय भएको छ।

नयाँ धारा जडानमा आधा छुट: नयाँ खानेपानीको धारा जडान गर्न चाहने नगरवासीका लागि २०८३ जेठ १ गतेदेखि लागू हुने गरी एक महिनासम्मका लागि जडान शुल्कमा ५० प्रतिशत (आधा) छुट दिइनेछ। जसअनुसार साबिकमा रु. ८,५००/- लाग्ने जडान शुल्कमा अब एक महिनासम्म भारी छुट पाइनेछ।

भूमिहीनलाई विशेष सहुलियत: संस्थाले भूमिहीन उपभोक्ताहरुलाई लक्षित गर्दै उनीहरुका लागि तोकिएको धारा जडान शुल्क रु. ४,२५०/- मा पनि थप ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

नयाँ नेतृत्व आएसँगै गरिएको यस जनमुखी निर्णयले रत्ननगरका हजारौं उपभोक्ता लाभान्वित हुने र स्वच्छ खानेपानीमा विपन्न तथा सबै वर्गको पहुँच पुग्न मद्दत पुग्ने विश्वास लिइएको छ। तोकिएको समय (जेठ महिनाभर) भित्र यस छुट सुविधाको लाभ लिन संस्थाले सम्पूर्ण नगरवासी तथा उपभोक्ता वर्गमा अनुरोध गरेको छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।