सोम, जेष्ठ ११, २०८३
Search
सोम, जेष्ठ ११, २०८३

सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध

Share:
64

चितवन, वैशाख २५ । सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको छ । सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका ५ तुइनखोलामा आज बिहान करिब ५ः२० बजे सुख्खा पहिरो खस्दा सडकखण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार पहिरोले सडक पूर्ण रूपमा बन्द भएपछि प्रहरी टोली परिचालन गरिएको छ । सडक डिभिजन कार्यालयसँग समन्वय गरी सडक खुलाउने कार्य तीव्र रूपमा भइरहेको सिंहले बताउनुभयो । सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन करिब एक घण्टा समय लाग्ने अनुमान गरिएको छ । यस मार्ग हुँदै यात्रा गर्ने यात्रुहरूलाई केही समय धैर्य गर्न तथा सडक खुलाउने कार्यमा सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।