बुध, बैशाख ९, २०८३
Search
बुध, बैशाख ९, २०८३

नारायणगढ–मुग्लिन सडकमा फसेका ५५० यात्रुलाई निःशुल्क घुम्ती बस सेवाबाट उद्धार

Share:
188

चितवन, असोज १० । नारायणगढ–मुग्लिन सडकखण्डमा फसेका ५ सय ५० यात्रुलाई निःशुल्क घुम्ती बस सेवामार्फत गन्तव्यसम्म पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तुइन खोला पहिरोमा फसेका यात्रुहरूको उद्धारका लागि मंगलबारदेखि सुरु गरिएको निःशुल्क घुम्ती बस सेवा बिहीबार साँझ ७ बजेसम्म सञ्चालन गरिएको थियो।

पहिरोमा अलपत्र परेका यात्रुलाई नारायणगढ, भरतपुरसम्म ल्याई सहजीकरण गरेको प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।

‘तनहुँतर्फको बाटो हुँदै पाँच किलोको पुलसम्म पुगेका यात्रुहरूलाई लक्षित गरेर बससेवा सञ्चालनमा ल्याइएको थियो, अलपत्रमा परेका चालक तथा यात्रुलाई जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा खाद्यान्न र प्राथमिक उपचार लागि समेत समन्वय गरेका थियौं’ उनले भने ।

बिहीबार राती करिब १० बजेबाट भने पहिरो हटाएर दुईतर्फी रुपमा उक्त खण्ड सञ्चालनमा आइसकेको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।