मङ्ल, भदौ ३०, २०८३
Search
मङ्ल, भदौ ३०, २०८३

एसिया कप : सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै

Share:
263

असोज ५ । एसिया कपको सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दैछन्। समूह चरणमा विजेता र उपविजेता बनेका भारत र पाकिस्तानले सुपर फोरमा भेट पक्का गरेका हुन्। यो खेल आइतबार राति ८:१५ बजे यूएईमा सुरु हुँदैछ।

समूह चरणको भेटमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो। भारत अपराजित टिम हो। समूह चरणका तीन खेलमा तीन जितसहित ६ अंक जोडेको भारत समूह विजेता हो।

समूह चरणको भेटमा भारतसँग पराजित पाकिस्तानले ४ अंककासाथ समूहमा दोस्रो बन्दै सुपर फोरमा पुगेको हो।

समूह ‘ए’बाट भारत र पाकिस्तानले सुपर फोरमा स्थान बनाउँदा समूह ‘बी’बाट श्रीलंका र बंगलादेश सुपर फोर प्रवेश गरेका छन्। सुपर फोरको पहिलो खेलमा बंगलादेशले विजयी सुरुवात गरेको छ। गएराति भएको खेलमा श्रीलंकालाई चार विकेटले हराउँदै बंगलादेशले दुई अंक जोडेको हो।

आठ टिम सहभागी एसिया कपबाट अफगानिस्तान, ओमान, यूएई र हङकङ भने समूह चरणबाटै बाहिरिएका छन्। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।