मङ्ल, मंसिर २३, २०८२
Search
मङ्ल, मंसिर २३, २०८२

काभ्रेमा गाडीबाट साढे तीन लाख नगद र १२ लाख २६ हजार मूल्यको गहना बरामद

Share:
110

काठमाडौँ, भदौ २७ । काठमाडौँबाट सिरहातर्फ जाँदै गरेको गाडीबाट साढे तीन लाख रुपैयाँ नगद र १२ लाख २६ हजार रुपैयाँ बराबरको गरगहना बरामद भएको छ ।

सेना र प्रहरीको संयुक्त चेकिङ टोलीले बीपी राजमार्गमा चेकजाँच गर्ने क्रममा काभ्रेको भकुण्डेबेँसीमा बा.प्र।.०१- ००६ ख ९१७३ नं. को विद्युतीय गाडीबाट उक्त परिमाणमा नगद र गरगहना बरामद गरेको हो ।

गाडीमा सिरहा भगवानपुर गा.प-२ बस्ने वर्ष १८ को नरेशकुमार यादव सवार थिए । गाडी खानतलासी गर्दा निजले बोकेको झोलाबाट स्रोत नखुलेको नग‍द तीन लाख ५० हजार ३०० र १२ लाख २६ हजार ९४ रुपैयाँ ३९ पैसा बराबरको गरगहना फेला परेको थियो ।

यादवले बोकेको झोलामा नगदसहित एक थान छड्के तिलहरी, मंगलशुत्र एक थान, बेरुवा औँठी एक थान र सिक्री तीन थान भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी तथा सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए ।

बरामद नगद र गरगहनाको स्रोत खुल्न नसकेको काभ्रे प्रहरीले जानकारी दिएको छ । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।