बुध, पुस ३०, २०८२
Search
बुध, पुस ३०, २०८२

आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

Share:
226

आज २०८२ साल भदौ १६ गते सोमबार । भाद्र शुक्ल पक्षको नवमी तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर १ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । नयाँ साथीसँगको भेटले मनमा उत्साह थपिने छ । स्वास्थमा सुधार हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षामा प्रगति हुनेछ । परिवारमा भने खटपटी बढ्ने जोखिम छ ।

वृष : दिन राम्रो छ । परिवारमा मेलमिलाप हुनेछ । घुमघामको योग छ । डुब्न लागेको सम्पत्ति प्राप्त हुनेछ । दाजुभाइबाट साथ र सहयोग मिल्नेछ । स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने दिन छ ।

मिथुन : दिन सामान्य छ । तपाईंको बोलीले व्यवहारमा समस्या हुनेछ । बोल्दा तीन पटक सोच्नु उचित हुन्छ । व्यापाारमा घाटा हुनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने समय छ । परिवाारको साथ र सहयोग मिल्नेछ ।

कर्कट : दिन राम्रो छ । शिक्षामा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ । विदेशको रमझमले मन आकर्षित हुनेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : दिन सामान्य छ । अनावश्यक यात्रामा समय र खर्च बढ्नेछ । तपाईंका काममा अवरोध सिर्जना हुनेछ । परिवारको साथ र सहयोगले मनमा सन्तोष बढ्नेछ । विज्ञको सल्लाहमा काम गर्नु उचित हुन्छ ।

कन्या : दिन राम्रो छ । कृषिको लगानीबाट नाफा हुनेछ । साथीको साथ मिल्नेछ । राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ । सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ ।

तुला : दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ । समाजसेवााले घर व्यवहारमा समस्या हुनेछ ।

वृश्चिक : दिन राम्रो छ । साथीसँगको भेटले महत्त्वपूर्णा काम बन्नेछ । शिक्षामा प्रगति हुनेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । काम गर्दा सचेत बनेर अगाडि बढ्नु उचित हुन्छ ।

धनु : दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । विपक्षीको साथमा महत्त्वपूर्ण काम बन्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मकर : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । परिवारको सल्लाह नगरी ठुलाो कारोबार नगर्नु उचित हुन्छ । राजनीतिक र सामाजिक क्षेत्रमा प्रगति हुनेछ । आर्थिक क्षेत्रमा भने सचेत बन्नुपर्ने दिन छ ।

कुम्भ : दिन राम्रो छ । साथीसँगको भेटले मन शान्त बन्ने छ । शिक्षामा प्रगति हुनेछ । गुरुको साथ पाएमा प्रगति हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

मीन : दिन राम्रो छ । शुभग्रहको बहुमत रहेको छ । महत्त्वपूर्ण ठाउँमा बोल्दा सोचविचार पुर्याउनुपर्ने आवश्यकता देखिन्छ । शिक्षामा जोस र जाँगर बढ्नेछ । लगानी गरेको भए फाइदा हुनेछ । परिवारको साथ र सहयोग रहनेछ । दान गरेर दिनको सुरुवात गर्नु उचित हुन्छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।