बिहि, फाल्गुन २८, २०८२
Search
बिहि, फाल्गुन २८, २०८२

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, के छन् एजेण्डा ?

Share:
205

काठमाडौं, साउन २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज ९शुक्रबार० बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुन लागेको उपचुनावमा पार्टीको तयारी, निजामती कर्मचारी विधेयकअन्तर्गत कुलिङ अफ् पिडियड छानबिन समितिको प्रतिवेदन, भिजिट भिसा प्रकरण, संसदमा पार्टीका सांसदहरूको भूमिकालगायत विषयमा छलफल हुने बताइएको छ ।

यस्तै बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव, केन्द्रीय विभागको प्रगति रिपोर्टलगायत विषयमा छलफल हुने प्रवक्ता झाले बताए । प्रदेश इन्चार्जहरुले पनि प्रदेशको रिपोर्ट प्रस्तुत गर्ने छन् ।

केन्द्रीय समिति बैठकले पार्टी सचिवालय बैठकका निर्णयहरूमा छलफल र अनुमोदन गर्नुका साथै पूर्व केन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेवारी दिने प्रस्तावको सम्बन्धमा पनि निर्णय गर्ने बताइएको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।