बुध, पुस ३०, २०८२
Search
बुध, पुस ३०, २०८२

गाजाका युद्ध रोक्न इजरायलका पूर्व अधिकारीले लेखे ट्रम्पलाई पत्र

Share:
158

इजरायल, साउन २० । गुप्तचर निकायका पूर्वप्रमुखसहित गाजामा छ सय जना अवकाश प्राप्त सुरक्षा अधिकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेखेका छन्। उनीहरुको पत्रमा गाजा युद्ध अन्त्य गर्न दबाब दिनुपर्ने उल्लेख छ।

आफ्नो पेसागत ज्ञानको आधारमा हमास अब इजरायलका लागि चुनौती नभएको ठहर गर्दै उनीहरुले ट्रम्पलाई पत्र लेखेको उल्लेख गरेका छन्।

पत्रमा इजरायली सरकारलाई सही बाटोमा लैजाने क्षमता ट्रम्पसँग भएको उल्लेख गरिएको छ। यो युद्ध अन्त्य अपरिहार्य भएको उनीहरुको निष्कर्ष छ।

हमाससँग युद्ध विरामको लागि भएको अप्रत्यक्ष वार्ता स्थगित भएपछि बेन्जामिन नेतान्याहुले गाजाका आक्रमण बढाउने धारणा सार्वजनिक गरेपछि पूर्व अधिकारीले ट्रम्पलाई पत्र लेखेका हुन्।

७ अक्टोबर २०२३ का दिन हमासले इजरायलमा आक्रमण गर्दै २५१ जनालाई बन्दी बनाउनुका साथै १२ सय जना भन्दा बढीको ज्यान लिएपछि इजरायलले गाजामा आक्रमण सुरु गरेको हो। त्यसयता भएको आक्रमणमा ६० हजार भन्दा बढीको ज्यान गइसकेको छ। सोमबार मात्र इजरायली आक्रमणमा ९० जना भन्दा बढीको ज्यान गएको छ।

अहिले कुपोषणका कारण समेत गाजामा हरेक दिन धेरै जनाले ज्यान गुमाइ रहेका छन्। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।