बिहि, भदौ २५, २०८३
Search
बिहि, भदौ २५, २०८३

रत्ननगर- १६ मा बृहत् तीज गीत प्रतियोगिता हुने

Share:
444

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं. १६ को आयोजनामा श्रावण ३१ गते शनिबार बृहत् तीज गीत प्रतियोगिता कार्यक्रम हुने भएको छ। “सफा, सुन्दर र समृद्ध वडा, स्वस्थ जीवन आजको आवश्यकता” भन्ने मूल नाराका साथ कार्यक्रम सञ्चालन गरिने वडाले जानकारी दिएको छ।

वडा कार्यालय परिसरमा बिहान १० बजेदेखि सुरु हुने प्रतियोगितामा वडाभित्रका सम्पूर्ण संघ संस्था, आमा समूह, टोल विकास संस्था लगायत विभिन्न समूहहरुलाई सहभागिताका लागि अनुरोध गरिएको छ।

कार्यक्रमलाई सफल बनाउन वडा अध्यक्ष हेमराज थापाले सबै वडाबासीलाई सक्रिय सहभागिता र सहयोग गर्न आग्रह गरेका छन्।

कार्यक्रम वडाभित्र सांस्कृतिक सहभागिता बढाउने, तीज पर्वको सांगीतिक पक्षलाई प्रवर्द्धन गर्ने र सामाजिक एकता बलियो बनाउने उद्देश्यले आयोजना गरिएको वडाध्यक्ष हेमराज थापाले जानकारी जानकारी दिएका छन्।

Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।