शनि, मंसिर २७, २०८२
Search
शनि, मंसिर २७, २०८२

नागरिक उन्मुक्तिले रञ्जितालाई अध्यक्षबाट हटायो

Share:
279

काठमाडौं, साउन १४ । नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएको छ ।

उनलाई अध्यक्षबाट हटाएको जानकारी नाउपाले निर्वाचन आयोगसमक्ष गराएको छ । पार्टीको अनुशासन नमानेको आरोप उनीमाथि संरक्षक रेशमलाल चौधरीसहितले लगाएका छन् ।

पार्टी बैठक डाक्न छाडेर विधानविपरीत शिवप्रसाद बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेपछि रञ्जितालाई हटाएको हो । रञ्जितालाई अध्यक्षबाट हटाउन प्रमुख संरक्षक रेशमलाल चौधरीले नै पहलकदमी लिएका थिए । उनले रञ्जितालाई पार्टी बैठक डाक्न पनि दबाब दिएका थिए ।

हटाउनुअघि रामलाल डगौरा थारु संयोजक रहेको अनुशासन समितिले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । रञ्जिताले त्यो स्पष्टीकरणको अहिलेसम्म जवाफ दिएकी छैनन् । आफूलाई अध्यक्षबाट हटाएकोबारे रञ्जिताले भनाइ सार्वजनिक गरेकी छैनन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।