बुध, पुस ३०, २०८२
Search
बुध, पुस ३०, २०८२

रत्ननगरको टरौलीमा श्रीराम मन्दिरको शिलान्यास

Share:
198

रत्ननगर, साउन १४ । रत्ननगर नगरपालिका वडा नं ५ टरौलीमा बुधबार श्रीराम मन्दिरको शिलान्यास गरिएको छ ।

वागमती प्रदेश सभा सदस्य तथा पूर्व प्रदेश मन्त्री कृष्णप्रसाद खनालले मन्दिरको शिलान्यास गरेका हुन् । सो अबसरमा उनले धर्मसंस्कृतिले मान्छेलाई अनुसासित बनाउने भन्दै टरौलीमा निर्माण सुरु गरिएको राममन्दिरले समाजको विकासमा योगदान दिने बताए ।

कार्यक्रममा आर्थिक सहयोग गर्ने मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति, मन्दिर निर्माणको लागि जग्गा दान गर्ने कृष्णचन्द्र कुँबर र उनकी धर्मपत्नी मेनुका कुँवरलाई सम्मान गरिएको छ । २५ लाख लाग्ने अनुदान गरिएको मन्दिर निर्माणको लागि मृगकुञ्जले मन्दिर निर्माणको सुरुवाती चरणमा दुई लाख रुपैया सहयोग गरेको छ ।

कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईले धर्मसंस्कृति संरक्षणको लागि स्थानीय सरकार जिम्मेवार रहेको भन्दै मन्दिर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा मृगकुञ्जका अध्यक्ष दुर्गा प्रसाद घिमिरे, वडा सदस्य निलु चापागाईँ, मृगकुञ्ज सदस्य द्रोपती महतो, गोपीप्रसाद लम्साल, टिकाराम कुँवर, कुमारप्रसाद धमला, विष्णु सुवेदी, रामेश्वर मिश्र, गोविन्दराज नेपाल, कमला रोका, घनश्याम पाण्डे, दिनेश पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

मन्दिर निर्माण समितिका अध्यक्ष सागर मिश्रले तीनै तहको सरकार सहित विभिन्न संघसंस्था र धार्मिक व्यक्तित्वहरुसंग सहयोग जुटाएर मन्दिर निर्माण गर्ने र यसलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना रहेको बताए । लवचन्द्र अधिकारीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम श्रीराम चौधरीले सञ्चालन गरेका थिए ।

शिलान्यासकै अबसरमा मन्दिर निर्माणको लागि ओम बहादुर कुँवरले २५ हजार ५५५, सुरज खड्काले ११ हजार २५५, पहल बहादुर कुँवरले ५ हजार ५५५, ध्रुब कंडेलले ५ हजार ५, आविष्कार रिजाले ५५५, रमा घले ५०५ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रम मन्दिर निर्माण समितिका अध्यक्ष मिश्रको अध्यक्षतमा भएको थियो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।