मङ्ल, मंसिर २३, २०८२
Search
मङ्ल, मंसिर २३, २०८२

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

Share:
138

साउन १४ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ६१ पैसा र बिक्रीदर १३९ रुपियाँ २१ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६० रुपियाँ २८ पैसा र बिक्रीदर १६० रुपियाँ ९८ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ र बिक्रीदर १८५ रुपियाँ ८० पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपियाँ १५ पैसा र बिक्रीदर १७२ रुपियाँ ९० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ २० पैसा र बिक्रीदर ९० रुपियाँ ५९ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ७७ पैसा र बिक्रीदर १०१ रुपियाँ २१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ६३ पैसा र बिक्रीदर १०८ रुपियाँ १० पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३३ पैसा र बिक्रीदर नौ रुपियाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ३२ पैसा र बिक्रीदर १९ रुपियाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९५ पैसा र बिक्रीदर ३७ रुपियाँ ११ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ०३ पैसा र बिक्रीदर ३८ रुपियाँ १९ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २७ पैसा र बिक्रीदर चार रुपियाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ७४ पैसा र बिक्रीदर ३७ रुपियाँ ९० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ७३ पैसा र बिक्रीदर ३२ रुपियाँ ८८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपियाँ ९६ पैसा र बिक्रीदर १० रुपियाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३८ पैसा र बिक्रीदर १४ रुपियाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ४८ पैसा र बिक्रीदर २१ रुपियाँ ५७ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ६६ पैसा र बिक्रीदर १७ रुपियाँ ७३ पैसा, कुवेती दिनार एकको खरिददर ४५३ रुपियाँ ७० पैसा र बिक्रीदर ४५५ रुपियाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपियाँ ६८ पैसा र बिक्रीदर ३६९ रुपियाँ २७ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुपियाँ ०२ पैसा र विक्रीदर ३६१ रुपियाँ ५८ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।