शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

परमआनन्द हरिर्कितन समुह रत्ननगरको कार्यालय उद्घाटन

Share:
213

रत्ननगर, साउन ८ । बृद्धबृद्धा तथा परमआनन्द हरिर्कितन समुह रत्ननगरको विहीबार कार्यालय उद्घाटन गरिएको छ ।

रत्ननगर वडा नं २ वडा कार्यालयसंगै रहेको धार्मिक भवनमा हरिर्कितन समुहको कार्यालय स्थापना गरी उद्घाटन गरिएको हो । रत्ननगर नगरपालिकाका उपमेयर यादबप्रसाद पाठकले एक औपचारिक कार्यक्रमका बीच कार्यालय उद्घाटन गरेका हुन् ।

सो अबसरमा उनले धर्मसंस्कृतिले मान्छेलाई अनुसासनमा बाध्ने भन्दै समाज विकासको एउटा महत्पूर्ण पाटो धर्मसंस्कृति पनि भएको बताए । धर्मसंस्कृति विर्सिएर मान्छे छाडा भएका छन् उनले भने नयाँ पुस्तालाई धर्मसंस्कृतिको महत्व बुझाउन जसरी छ ।

समुहका अध्यक्ष रामप्रसाद ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं २ की कार्यबहाक वडाध्यक्ष राधादेवी विक, नगर स्तरीय ज्येष्ठ नागरिक समन्वय समितिका अध्यक्ष छविलाल घिमिरेले मन्तव्य राखेका थिए ।

स्वागत मन्तव्य राख्दै समुहका बरिष्ठ उपाध्यक्ष चन्द्रकान्त ओझाले हरिर्कितन समुहले धर्मसंस्कृतिको संरक्षणको लागि हरिर्कितनसंगैसंगै नयाँ र पुरानापुस्तालाई संगैराखेर बाध्यबाधन तालिम गरिसकेको र निकट भविश्यमा शंख बजाउने तालिम आयोजना गर्ने तयारी गरेको बताए ।

समुहका सचिव रामहरि लम्सालले सञ्चालन गरेको उक्त कार्यक्रममा समुहका संरक्षण बाबुराम पोखरेलको जन्मदिनको अबसरमा बृद्धबृद्धाहरुलाई साउने खिर खुवाइएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य संजिव पौडेल, वडा नं २ की वडा सदस्यहरु रमादेवी भट्टराई, नरेन्द्र श्रेष्ठ, वडा सचिव गंगा सुवेदी लगायतका समाजका अगुवाहरु सहभागी थिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।