बिहि, जेष्ठ २१, २०८३
Search
बिहि, जेष्ठ २१, २०८३

राष्ट्रपति ट्रम्पले गरे १४ देशको सामानमा करको घोषणा

Share:
178

वाशिङ्टन, असार २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्टदेखि लागु हुने गरी जापान र दक्षिणा कोरियासहित संसारका १४ देशबाट आउने सामानमा थप करको घोषणा गरेका छन्।

जापान र दक्षिण कोरियाबाट जाने सामानमा २५ प्रतिशत कर लगाइने छ। साथै उनले संसारका अन्य धेरै नेतालाई १ अगस्टदेखि नयाँ करको मापदण्ड तयार हुने चेतावनी दिइसकेका छन्।

धेरै देशको करको दायरा उनले अप्रिल महिनामा घोषणा गरे जस्तै थियो। ट्रम्पले सामाजिक सञ्जालमा करको नयाँ योजना सार्वजनिक गर्दै लेखेका छन्, ‘हाम्रो सम्बन्धमा रहेको उतारचढावसँगै यो धेरै र कम हुन सक्छ,।’

ट्रम्पले यो घोषणासँगै अमेरिकामा घरेलु उत्पादनले प्रश्रय पाउने दाबी गरेका छन्। ट्रम्पको यो दाबीका बाबजुद विश्लेषकहरूले व्यापार घट्ने तथा शेयरको बजारमा उतार चढाव आउने बताएका छन्। सोमबार टोयटाको शेयर चार प्रतिशतले घटेको छ।

गत वर्ष जापानले अमेरिकामा १४८ अर्ब डलरको सामान पठाएको थियो। अमेरिकामा सामान पठाउने जापान पाँचौँ स्थानमा छ। जापान भन्दा धेरै युरोपेली युनियन, मेक्सिको, चीन र क्यानडाबाट सामान जाने गरेको छ। दक्षिण कोरिया पनि शीर्ष १० मा पर्छ।

जापान र दक्षिण कोरियासँगै ट्रम्पले सोमबार घोषणा गरेको नयाँ करको दायरा अनुसार म्यानमारबाट अमेरिका जाने सामानमा ४०, कम्बोडिया र थाइल्यान्डका सामानमा ३६ तथा सर्बिया र बङ्गलादेशका सामानमा ३५ प्रतिशत कर लगाइएको छ।

इन्डोनेसियाका सामानमा ३२, दक्षिण अफ्रिकाका ३० तथा मलेसिया र ट्युनेसियाको सामानमा २५ प्रतिशत आयात करको घोषणा गरेका छन्।

ट्रम्पले अन्य देशको व्यापार नीतिले अमेरिकालाई घाटा भएको भन्दै त्यसलाई हेर्दै घोषणा गर्ने बताएका छन्।

यसैबीच अमेरिकाले बेलायत र भियनामामा वार्ता गरिरहेको छ भने चीनसँग पनि वार्ताको तयारी गरेको छ। अमेरिका अहिले भारतसँग नजिक भएको छ। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।