शुक्र, बैशाख १८, २०८३
Search
शुक्र, बैशाख १८, २०८३

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

Share:
246

काठमाडौं, असार ६ । नेपाल राष्ट्र बैङ्कले बिहीबार लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ०७ पैसा र बिक्रीदर १३८ रुपियाँ ६७ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५८ रुपियाँ ७३ पैसा र बिक्रीदर १५९ रुपियाँ ४२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ६० पैसा र बिक्रीदर १८६ रुपियाँ ४१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६८ रुपियाँ ७८ पैसा र बिक्रीदर १६९ रुपियाँ ५१ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ६५ पैसा र बिक्रीदर ९० रुपियाँ ०४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ०४ पैसा र बिक्रीदर १०१ रुपियाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ४१ पैसा र बिक्रीदर १०७ रुपियाँ ८८ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५३ पैसा र बिक्रीदर नौ रुपियाँ ५७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २१ पैसा र बिक्रीदर १९ रुपियाँ २९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८० पैसा र बिक्रीदर ३६ रुपियाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ८८ पैसा र बिक्रीदर ३८ रुपियाँ ०४ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ २३ पैसा र बिक्रीदर चार रुपियाँ २५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६० पैसा र बिक्रीदर ३७ रुपियाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ४८ पैसा र बिक्रीदर ३२ रुपियाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०४ पैसा र बिक्रीदर १० रुपियाँ ०८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४१ पैसा र बिक्रीदर १४ रुपियाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ २८ पैसा र बिक्रीदर २१ रुपियाँ ३७ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५९ पैसा र बिक्रीदर १७ रुपियाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपियाँ ७५ पैसा र बिक्रीदर ४५२ रुपियाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपियाँ ११ पैसा र बिक्रीदर ३६७ रुपियाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपियाँ ६० पैसा र बिक्रीदर ३६० रुपियाँ १६ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ। रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।