मङ्ल, जेष्ठ १२, २०८३
Search
मङ्ल, जेष्ठ १२, २०८३

कालिका नगरपालिका सहयोगापेक्षी सडक मानवमुक्त घोषणा

Share:
44

कालिका, जेठ १२ । चितवनकाे कालिका नगरपालिकालाई मंगलवार सहयोगापेक्षी सडक मानवमुक्त नगर घोषणा गरिएको छ ।

कालिकाबाट २ जना पुरूष र ४ जना महिला गरि ६ जनालाई सडकबाट उद्धार गरिएको हाे । नगर प्रमुख विनाेद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले नगरलाई सडक मानवमुक्त नगर घोषणा गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुख रेग्मी, उपप्रमुख विमला तामाङ र  मानवसेवा आश्रमकी केन्द्रिय सदस्य तथा चितवन शाखा प्रमुख निता केसिले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए । कालिकाका ११ वटै वडालाई वडा सडक मानवमुक्त भएको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा मानवसेवा आश्रमकी केन्द्रिय सदस्य तथा चितवन शाखा प्रमुख केसिले चितवन जिल्लाबाट सडकमा आश्रित १ हजार २ सय १९ जना मानिसलाई उद्धार गरिएको बताईन् ।उद्धार गरिएकामध्ये ५ सय ९७ जनालाई पारिवारिक पुनर्मिलन गराईएकाे केसिले जानकारी दिईन् ।

चितवनमा हाल ६ जना बालबालिका, ६७ जना महिला र ४९ जना पुरूष गरी १ सय २२ जना मानवसेवा आश्रममा रहेको उनले बताईन् । सरकारलाई सडकआश्रित मानिसको व्यवस्थापनको दायित्वबोध गराउन १३ वर्ष लागेको भन्दै कतिपय पालिकाहरुले उक्त काममा अझै पनि बेवास्ता गरेको उनको भनाइ छ ।

नेपालभर २ हजार २ सय ९० जना मानवसेवा आश्रममा रहेकाछन् भने आश्रमले अहिलेसम्म देशभरबाट १३ हजार ५ सय ३५ जना सडकमा आश्रित मानिसको उद्धार गरेको छ । उद्धार गरिएकामध्ये ५ हजार ६ सय ७४ जनालाई पारिवारिक पुनर्मिलन तथा १ हजार १ सय ५ जनालाई सामुदायिक पुनर्स्थापना गरिएको छ ।

चितवनकाे भरतपुर महानगरपालिका, राप्ती, माडी, रत्ननगर, खैरहनी, कालिका र इच्छाकामना गाउँपालिका गरि सातै पालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिएको छ । यही महिना भित्र समग्र जिल्लालाई मानवमुक्त घोषणा गर्ने कार्यक्रम तय गरिएको छ ।

कार्यक्रमका प्रमुखअतिथि जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले मानिसले सडकको सहारा लिनु अत्यन्तै दुःखद पक्ष रहेको बताए ।

मेयर सापकोटाले समाजमा मानवता हराउँदै गएको भन्दै उनले दिनदुःखीको सेवामा लगानी गर्नुपर्ने बताए । गरिब, असहाय र अपाङ्गता भएकाहरुको सेवामा सबैजना लाग्गनुपर्ने बताए ।

उपमेयर विमला तामाङले सहयोगापेक्षी सडक मानवमुक्त घोषणालाई प्रभावकारी बनाउँदै लैजाने बताईन् ।

२०६९ भदौ १३ गते स्थापना भएको मानवसेवा आश्रमको २३ जिल्लामा ३३ वटा सेवा केन्द्र छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।