सोम, जेष्ठ ११, २०८३
Search
सोम, जेष्ठ ११, २०८३

सिसै टोल विकास संस्थाकाे अध्यक्षमा पुन: रामु पौडेल

Share:
184

रत्ननगर, वैशाख २६ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–९, सिसै स्थित सिसै टोल विकास संस्थाले नयाँ कार्यसमिति (२०८३/०८५) गठन गर्दै नेतृत्वको जिम्मेवारी राम पौडेललाई अध्यक्षको रूपमा सुम्पिएको छ ।

अध्यक्ष पौडेलको नेतृत्वमा आज सम्पन्न टोल अधिवेशनले पुन अध्यक्ष रामुको नेतृत्वमा नयां कार्यसमिति चयन गरेको हो ।

उक्त समितिमा उपाध्यक्ष ठगना महत्तो, सचिव वेदनाथ रिमाल, सहसचिव सिता घिमिरे, कोषाध्यक्ष हेमा अधिकारी तथा सह–कोषाध्यक्ष सचिन आचार्य रहेका छन् ।

सदस्यहरूमा मिरा महत्तो, तारा पौडेल र प्रेम प्रसाद शर्मा रहेका छन् । सहभागितालाई केन्द्रमा राख्ने लक्ष्यसहित भएको यस चयनले सिसैमा नयाँ ऊर्जा थपिएको महसुस गरिएको छ ।

अध्यक्ष राम पौडेलले अबको कार्यकाललाई “सहकार्य र परिणाममुखी विकास” मा केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन् ।

टोलका समस्या समाधानदेखि पूर्वाधार सुधार, सरसफाइ, शिक्षा र सामाजिक सचेतनाका कार्यक्रमलाई प्राथमिकतामा राख्दै उनले सबै बासिन्दालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् ।

कार्यक्रममा रत्ननगर नगरपालिका–९ का वडा अध्यक्ष अनन्त अधिकारी प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति (जि.स.स) सदस्य सीता चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।

नव–निर्वाचित अध्यक्ष राम पौडेलको नेतृत्वमा सिसै टोल विकास संस्थाले आगामी दिनमा टोलको समुन्नति र सामाजिक सशक्तीकरणतर्फ ठोस कदम चाल्ने अपेक्षा गरिएको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।