सोम, जेष्ठ ११, २०८३
Search
सोम, जेष्ठ ११, २०८३

रत्ननगरमा भोलीदेखि राष्ट्रिय स्तरको फुटबल हुँदै

Share:
202

रत्ननगर, वैशाख २५ । पूर्वी चितवनको रत्ननगरमा भोली शनिबारबाट चार लाख पुरस्कार राशीको राष्ट्रिय स्तरको रत्ननगर कप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

वडा नं ८ स्थित बाघमारा खेलमैदानमा युवा तथा खेलकुद विकास समिति रत्ननगर ७ ले आयोजना गरेको उक्त प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गर्नेछन् ।

प्रतियोगिताको पहिलो खेल आयोजन टिम र समाज कल्याण खेलकुद संघ काठमाडौं बीच हुने छ । खेलकुदका माध्यमबाट पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने, रत्ननगरको खेलकुदको विकास गर्ने र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको समितिका अध्यक्ष सरोज चौधरीले जानकारी दिए ।

प्रतियोगितामा आयोजक टिम सहित कटारी टाइगर फुटबल क्लव उदयपुर, एपीएफ काठमाडौं, भरतपुर फुटबल क्लव, देवदह क्वाईज रुपन्देही, मकवानपुर जिल्ला फुटबल संघ, समाज कल्याण खेलकुद संघ काठमाडौं, अभिषेक चर्ज रजहरले उपाधिका लागि प्रतिस्पर्धा गर्ने खेलसंयोजक संजय लामाले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले चार लाख र उपविजेता टिमले २ लाख रुपैया तथा शिल्ड, मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

म्यानअफ दी म्याच घोषित हुने खेलाडीलाई रु पाँच हजार उत्कृष्ट गोल किपर, सर्वाधिक गोलकर्ता, सर्वोकृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड र उत्कृष्ट कोचलाई जनही १०÷१० हजार नगद पुरस्कार प्रदान गरिने खेल उपसंयोजक सुरेश चौधरीले जानकारी दिए ।

संरक्षक रत्ननगर नगरपालिका संरक्षक र प्रदेश खेलकुद विकास परिषद् प्रर्बधक रहेको प्रतियोगिता सम्पन्न गर्न २५ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको आर्थिक समितिका संयोजक एसके चौधरीले जानकारी दिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।