बुध, पुस ३०, २०८२
Search
बुध, पुस ३०, २०८२

सौराहाघाटमा २० घडियाल गोही प्राकृतिक वासस्थानमा पुनःस्थापना

Share:
41

चितवन  । चितवन राष्ट्रिय निकुञ्जको राप्ती नदी किनारस्थित सौराहाघाट क्षेत्रमा २० वटा घडियाल गोहीलाई प्राकृतिक वासस्थानमा पुनःस्थापना गरिएको छ।

निकुञ्ज मुख्यालय कसरा स्थित घडियाल प्रजनन केन्द्रमा हुर्काइएका ५ भाले र १५ पोथी गरी २० घडियाल गोहीलाई संरक्षण कार्यक्रमअन्तर्गत नदीमा छाडिएको निकुञ्जका सूचना तथा संरक्षण अधिकृत अविनाश थापा मगरले जानकारी दिए ।

संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षण, प्रजनन तथा प्राकृतिक संख्यामा वृद्धि गर्ने उद्देश्यले गोहीलाई चरणबद्ध रूपमा नदीमा पुनःस्थापना गरिएको निकुञ्जले जनाएको छ।

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif

घडियाल गोही छाड्ने कार्यक्रममा निकुञ्जका संस्थापक महानिर्देशक विश्वनाथ उप्रेती, प्रमुख संरक्षण अधिकृत गणेश पन्त, नेपाली सेनाका गणपति शिवराम वस्यान्त, क्षेत्रीय होटल संघ सौराहाका महासचिव महेश खनाल, पर्यटन व्यवसायी वासु ढुंगानालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले घडियाल गोही नदी पारिस्थितिकी तन्त्रका महत्वपूर्ण सूचक प्रजाति भएको उल्लेख गर्दै यसको संरक्षणले जलचर जैविक विविधता सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्ने निकुञ्जका संस्थापक महानिर्देशक विश्वनाथ उप्रेतीले बताए ।

यस्तै निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले घडियाल संरक्षण कार्यक्रमले चितवन क्षेत्रको पर्यावरणीय पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको बताए ।

चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगामी दिनमा पनि घडियाल गोही संरक्षण तथा पुनःस्थापना कार्यक्रमलाई निरन्तरता दिइने निकुञ्जले जनाएको छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।