आइत, भदौ २८, २०८३
Search
आइत, भदौ २८, २०८३

मोबाईल व्यवसायी संघ पूर्वी चितवन इकाइको अध्यक्षमा रोशन सुबेदी

Share:
284

रत्ननगर, पौष २४ । चितवन मोबाइल व्यवसायी संघको पूर्वी चितवन इकाइ समितिको दोस्रो अधिवेशनले रोशन सुबेदीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ। बिहीबार खैरहनीमा सम्पन्न अधिवेशनले सुबेदीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्दै मोबाइल व्यवसायीहरूको हकहित तथा समस्या समाधानमा एकजुट भएर अगाडि बढ्ने संकल्प गरेको छ।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा सोहीत श्रेष्ठ, सचिवमा डिल्लीप्रसाद आचार्य र सहसचिवमा आशिष शर्मा चयन भएका छन्। यस्तै, सदस्यहरूमा मुन्ना शाह, श्याम काफ्ले, विष्णु निजार र सन्तबहादुर प्रजा निर्वाचित भएका छन्।

अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा चितवन मोबाइल व्यवसायी संघका जिल्ला अध्यक्ष श्रीधर रेग्मीले गरेका थिए। कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष रेग्मीले मोबाइल व्यवसायीहरूले भोग्नुपरेका विभिन्न समस्याहरू संघमा राख्न आग्रह गर्दै संघले ती समस्याहरूको समाधानका लागि हरसम्भव पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “व्यवसायीहरू एकजुट भएर अगाडि बढ्ने हो भने जस्तोसुकै चुनौती र समस्या आए पनि सामूहिक प्रयासबाट समाधान गर्न सकिन्छ। संघ सदैव व्यवसायीहरूको साथमा रहनेछ।”

कार्यक्रममा संघका संस्थापक जिल्ला अध्यक्ष प्रकाश अर्याल, जिल्ला समितिका बरिष्ठ उपाध्यक्ष रतन भट्ट, उपाध्यक्ष रञ्जित अर्याल, सचिव सुरेश भट्टराईलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन जिल्ला कार्यसमिति सदस्य तथा इकाइ सल्लाहकार शंकर पौडेलले गरेका थिए।

Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।