मङ्ल, जेष्ठ १२, २०८३
Search
मङ्ल, जेष्ठ १२, २०८३

आज २०८२ साल पुस २२ गते मंगलबारको राशिफल

Share:
334

आज २०८२ साल पुस २२ गते मंगलबार तदनुसार सन् २०२६ जनवरी ६ तारिख । माघ कृष्ण पक्षको तृतीया तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन सामान्य छ । अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्नु राम्रो हुनेछ । विदेशको रमझमले मन आकर्षित गर्नेछ । विदेशमा लगानी गरेको भए फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

वृष : आम्दानी हुनेछ । विवाद गर्दा घाटा हुनेछ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर हुनेछ । काम गर्नु अगाडि सोचेर सुरुवात गर्नुहोला ।

मिथुन : दिन सामान्य छ । इज्जत जोगाउनका लागि धन खर्च गर्नुपर्नेछ । साथीभाइबाट असहयोग हुने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कर्कट : साथीले सहयोग गर्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । धार्मिक व्यक्तिबाट भने सहयोग हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।

सिंह : आम्दानी हुनेछ । मिष्ठान्न भोजनको योग परेको छ । कतै घुमफिरको योजना बन्न सक्छ । पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : आज बोलीमा सरस्वतीको बास छ । आफन्तले भन्दा बाहिरका व्यक्तिले प्रशंसा गर्नेछन् । स्वास्थ्यमा सचेत बन्नुपर्ने समय छ । पुरानो रोगले सताउने छ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

तुला : तपाईंको बोलीले अरुलाई फाइदा हुनेछ । बोल्दा विवेक पुर्याउनु पर्ने दिन छ । सरकारी कर्मचारी भए बढुवा हुनेछ । शिक्षामा समस्या देखिए पनि परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

वृश्चिक : भाग्यको उदय हुनेछ । आजको निर्णयले दीर्घकालसम्म काम दिनेछ । निर्णय गर्दा गम्भीर बन्नुपर्ने समय छ । शनिदेवको प्रभावलाई रोक्न बिहान पिपलको दर्शन गर्नु राम्रो हुनेछ । शिक्षामा गरेको प्रयासले बौद्धिक व्यक्तिसँग भेट हुनेछ । आम्दानीका दृष्टिले दिन सहज छ ।

धनु : विश्वास गरेका साथीबाट असहयोग हुने भएकाले गोपनीयता भंग नगर्नु राम्रो हुनेछ । साना कुराले मन अशान्त बन्नसक्छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

मकर : सञ्चित धन खर्च हुनेछ । दाजुभाइसँग गरेको सहकार्यबाट फाइदा हुनेछ । पठनपाठनमा मन जानेछ । स्वास्थ्यमा समस्या हुने भएकाले सचेत बन्नुपर्ने समय छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : मन अशान्त बन्नेछ । साना कुरामा झन्झट बढ्नेछ । रोगबाट बच्न सचेत बन्नुपर्नेछ । शत्रु कमजोर भएकाले तपाईंको महत्त्वपूर्ण काम बन्नेछ ।

मीन : मन शान्त बन्नेछ । व्यवहार गर्दा विवेक प्रयोग गर्नुपर्नेछ । शिक्षामा घाटा हुनेछ । बोली र व्यवहारमा एकरुपता हुनसके दिन सहज बन्नेछ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।