शनि, मंसिर २७, २०८२
Search
शनि, मंसिर २७, २०८२

रूसी आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

Share:
67

युक्रेन, मंसिर ४ । पश्चिमी युक्रेनको टेर्नोपिल शहरमा बुधबार रुसी आक्रमणमा तीन लबालिकासहित कम्तिमा २५ जनाको मृत्यु भएको छ। रूसी आक्रमणले टर्कीमा शान्ति प्रक्रियालाई पुनर्जीवित गर्ने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको प्रयासलाई ओझेलमा पारेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकोफ टर्कीमा हुने वार्तामा सहभागी नहुने भएका छन्।

सन् २०२२ मा मस्कोले टेर्नोपिलमाथि हप्तौँसम्म आक्रमण गरेयता बुधबार भएको आक्रमण सबैभन्दा घातक र देशको पश्चिममा भएको सबैभन्दा ठूलो आक्रमण हो।

आक्रमणपछि दर्जनौं उद्धारकर्ताहरू भग्नावशेषमा खोजी गरिरहेका प्रत्यक्षदर्शी पत्रकार तथा स्थानीयले बताएका छन्। ध्वस्त भएको भवनमा पुग्न पत्रकारहरूसमेतले क्रेनको प्रयोग गरेका थिए। बिहान ७ बजे विस्फोटको आवाज सुनिएपछि बाक्लो खैरो धुवाँको मुस्लोले सडक ढाकिएको थियो।

टेर्नोपिल अधिकारीहरूले आगोका कारण हावामा क्लोरीनको स्तर सामान्यभन्दा छ गुणा बढेको बताएका छन् र शहरका करिब दुई लाख बासिन्दाहरूलाई घरमै बस्न र झ्यालहरू बन्द गर्न आग्रह गरेका छन्।

उद्धारकर्ताहरू पीडित सोभियत–कान अपार्टमेन्टको शीर्षतलामा पुग्न क्रेनहरूको सहायता लिएका थिए।

युक्रेनीे गृह मन्त्रालयले रुसले गरेको गोलाबारीका कारण तीन बालबालिकासहित २५ जनाको मृत्यु भएको जनाएको छ। घटनामा १५ बालबालिकासहित ७५ जना घाइते भएका छन्।

युक्रेनको विदेश मन्त्रालयले बिहीबार न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकमा ‘भयानक हत्या’ लाई छलफलको बिषय बनाउन माग गरिने बताएको छ र अन्तर्राष्ट्रिय निन्दा गर्न आह्वान गरेको छ।

“रूसको ‘शान्ति योजना’ वास्तविकतामा यस्तै देखिन्छ,“ विदेशमन्त्री एन्ड्री सिबिगाले भने।

रूसले जाडो अघि युक्रेनको ऊर्जा ग्रिडमा प्रहार गरिरहेको छ र युक्रेनको विस्तारित सेनाहरू सीमा क्षेत्रमा दबाबमा छन्।

रूसी प्रशासन केन्द्र क्रेमलिनले करिब चार वर्ष लामो युद्ध अन्त्यका लागि अमेरिकासँग गोप्य योजनामा काम गरिरहेको भन्ने अमेरिकी सञ्चार माध्यम एक्सियोसको रिपोर्टमा टिप्पणी गर्न अस्वीकार गरेको छ।

किएभको वायु सेनाले रुसले रातिको समयमा ४७६ भन्दा बढी ड्रोन र ४८ वटा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ।

उक्त आक्रमणमा उत्तरपूर्वी क्षेत्र खार्किभमा कम्तीमा ४६ जना घाइते भएका छन् भने पश्चिमी युक्रेनका अन्य क्षेत्रलाई लक्षित गरिएको छ। रासस/एएफपी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।