चितवन । दाहाल कल्याणकारी समाज नेपाल चितवनले पवित्र धार्मिक स्थल देबघाटमा बहुउद्देश्यीय भवन शिलान्यास गरेको छ । करिब ६ करोडको लगानीमा निर्माण हुने उक्त भवनको कृष्णमाया दाहालले शिलान्यास गरेकी हुन् ।
कार्यक्रममा भवन निर्माण समितिको तर्फबाट होमनाथ दाहाल, सल्लहाकार समिति संयोजक टीकाराम दाहाल, देवघाट दाहसंस्कार व्यवस्थापन समितिका अध्यक्ष एवम् देवघाट क्षेत्र विकास समितिका पूर्व सदस्य रत्नलाल कँडेल, देबघाटधाम टोल विकास समितिका अध्यक्ष मुकुन्द शरण सिग्देल, देवघाट गौशाला समितिका अध्यक्ष बाबुराम तिवारी, दाहाल अभियान्ता किशोर कुमार दाहाल, कुल शिरोमणि दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष मुकुन्द प्रसाद दाहाल, दाहाल महासंघ केन्द्रका महासचिव डिल्लीप्रसाद दाहाल, दाहाल महासंघका केन्द्रीय उपाध्यक्ष एवम् दाहाल बन्धु अध्ययन प्रतिष्ठान काभ्रेका उपाध्यक्ष बालकृष्ण दाहाल लगायतले मन्तव्य राख्दै बहुउद्देश्यीय भवनलाई पूर्णता दिनका लागि सबै दाहाल बन्धुहरु एकजुट हुनुपर्ने बताएका थिए ।

दाहाल कल्याणकारी समाज नेपालका उपाध्यक्ष कृष्णलाल दाहालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम सचिव हरिप्रसाद दाहालले सञ्चालन गरेका थिए । दाहाल कल्याणकारी सामाज नेपाल चितवनका अध्यक्ष वाबुराम दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको समाजका संस्थापक कोषाध्यक्ष लालुप्रसाद दाहालले जानकारी दिए ।








