रत्ननगर, असाेज २५ । रत्ननगर नगरपालिका वडा नं. १० कृष्ण मन्दिरमा रहेकाे न्यू स्पिडी आवासीय माध्यमिक विद्यालयमा एक दिने स्वास्थ्य जाँच शिविर गरिएकाेछ ।
न्यू स्पिडी आवासीय माध्यमिक विद्यालयकाे आयाेजना तथा एञ्जल फाउन्डेशन भण्डारा शाखाकाे सहयाेगमा शनिवार विद्यालय परिसरमा पाईल्स, फिस्टुला, फिसर र गुप्त राेगकाे स्वास्थ्य जाँच गरिएकाे हाे ।
उक्त शिविरमा साेही विद्यालयका २२ जना विद्यार्थीका अभिभावकहरूले स्वास्थ्य जाँच गराई लाभ लिएकाे प्राधानाध्यापक अर्जुन वहादुर थापाले जानकारी दिए ।

शिविरमा डा. विनय प्रधान, डा. अस्मिता ओली, डा. निशा ओली लगाएत स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परिक्षण गर्नुका साथै उपचारमा लाग्ने खर्च ५० प्रतिशत छुट दिई ल्याव पिरक्षण र औषधि नि:शुल्क रूपमा बितरण गरिएकाे प्राधानाध्यापक थापाले बताए ।
पाईल्स, फिस्टुला, फिसरका बिरामीहरूलाई बिना अप्रेसन रबर ब्यान्ड लिगेशन प्रबिधिद्वारा सफल उपचार गरिएकाे विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं शिक्षक डिल्लीराम पाेखरेलले जानकारी दिए ।
उपचार गरेका बिरामीहरूलाई एञ्जल फाउन्डेशनले एक/एक हप्ताकाे अवधिमा स्वास्थ्य अवस्थाबारे जाँचबुझ गर्नेछ । विद्यालयमै स्वास्थ्य जाँच भएपछि विद्यार्थीका अभिभावकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् ।







