शुक्र, जेष्ठ १, २०८३
Search
शुक्र, जेष्ठ १, २०८३

बंगलादेशलाई ४१ रनले हराउँदै भारत एसिया कपको फाइनलमा

Share:
211

असोज ९ । भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोरको दोस्रो खेलमा बंगलादेशलाई ४१ रनले हराउँदै भारत फाइनल प्रवेश गरेको हो ।

बुधबार राति यूएईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । भारतका लागि ओपनर अभिषेक शर्माले सानदार अर्धशतक बनाए । मात्र ३७ बल खेलेका उनले पाँच छक्का र ६ चौकाको मद्दतमा ७५ रन जोडेका हुन् । उसका लागि हार्दिक पाण्डेयले ३८ रन जोड्दा शुभमन गिलले २१ रनको योगदान दिए ।अन्य ब्याट्सम्यानले भने उल्लेख्य रन जोड्न सकेनन् ।

बंगलादेशका रिशाद हुसैनले दुई विकेट हात पार्दा ताजिम हसन, मुस्तफिजुर रहमान र मोहम्मद सैफुदिनले एकएक विकेट हात पारे ।

सुरुमा ब्याटिङ गरेको भारतले दिएको १६९ रनको लक्ष्य पछ्याएको बंगलादेश १९ ओभर ३ बलमा अलआउट हुँदै १२७ रनमा समेटिएको हो ।

बंगलादेशका साहिद हसनले अर्धशतक बनाए । ५१ बलको सामना गरेका उनले पाँच छक्का र तीन चौकाको मद्दतमा सर्वाधिक ६९ रन बनाए । उसका लागि प्राभेज हुसेनले २१ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहारो अंक जोड्न सकेनन् । बंगलादेशलाई सस्तैमा समेट्न भारतका सुलदीप यादवले सर्वाधिक तीन विकेट हात पारे भने जसप्रित बुमराह र वरुण चक्रवतीले दुई/दुई विकेट लिए । अक्षर पटेल र तिलक बर्माको नाममा एकएक विकेट रहयो ।

एसिया कपको फाइनलमा भारतले बंगलादेश र पाकिस्तानको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एसिया कपको फाइल सेप्टेम्बर २८ तारिखमा हुँदैछ । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।