काठमाडौं, भदौ २४ । सोमबारदेखि देशव्यापी रुपमा आन्दोलन चर्काएको जेनजी मुभमेन्टले मंगलबार चार बुँदे आह्वान गरेको छ।
शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिँदै विश्वलाई प्रत्यक्ष देखाउन पहिलो बुँदामा आह्वान गरेको मुभमेन्टले तोडफोड र हिंसा आन्दोनको हिस्सा नभएको बताएको छ।
तेस्रो बुँदामा आन्दोलन शान्तिपूर्ण, अनुशासित र कानुनी हुने भन्दै आन्दोलनको शैली जिम्मेवार र मर्यादित हुने प्रष्ट पारिएको छ।
जेनजीको एकल नेता कोही नभएको र यो साझा आवाज भएकोसमेत प्रष्ट उल्लेख गरेको छ। मुख्य नेता घोषणा गर्ने प्रयास सिद्धान्त विपरीत हुने भनिएको छ।
सोमबार भएको पहिलो दिनको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि मुभमेन्टले आन्दोलनलाई शान्तिपूर्ण बनाउन आह्वान गरेको हो। सोमबारको झडपममा परेर चार सय बढी घाइते भएका छन्।








