शुक्र, माघ ९, २०८२
Search
शुक्र, माघ ९, २०८२

पाकिस्तानमा मनसुनी वर्षाका कारण सात जनाको मृत्यु, २७ घाइते

Share:
155

इस्लामाबाद, असार १३ । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा भारी मनसुनी वर्षाका कारण विगत २४ घण्टामा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ ।

मृतकहरूमा दुई जना पानीमा डुबेका, ओकारा र बहावल नगरमा एक–एक जना, मुजफ्फरगढमा पर्खाल ढल्दा दुई जनाको मृत्यु भएको र खानेवालमा चट्याङ पर्दा एक जनाको मृत्यु भएको पिडिएमएले जनाएको छ ।

मुलतान, फैसलाबाद, साहीवाल, सोरकोट र मन्डी बहाउद्दिनबाट घाइते भएका थप घटनाहरू रिपोर्ट गरिएको छ, ।

विपद् प्राधिकरणले बासिन्दाहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ भने सरकारले पीडित परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

पाकिस्तानको मौसम विभागले जुलाई १ सम्म देशभर भारी मनसुनी वर्षा जारी रहने पूर्वानुमान गरेको छ । यो मौसममा सामान्यभन्दा २५ प्रतिशत बढी वर्षा हुने चेतावनी दिएको छ भने विशेष गरी तल्लो क्षेत्रमा सहरी बाढीको खतरा बढेको छ । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।