शुक्र, माघ ९, २०८२
Search
शुक्र, माघ ९, २०८२

इरानको आणविक केन्द्र नष्ट नभएको अमेरिकी सेनाको प्रारम्भिक रिपोर्ट सार्वजनिक !

Share:
179

इरान, असार ११ । इरानको आणविक केन्द्रमा भएको अमेरिकी आक्रमणका कारण त्यहाँको आणविक कार्यक्रम नष्ट नभएको प्रारम्भिक गुप्तचर मूल्याङ्कनले जनाएको छ। रिपोर्ट अनुसार त्यहाँको संरचना एक महिनामा फेरि तयार हुन सक्छ।

अमेरिकी सेनाको पेन्टागनको सुरक्षा इन्टलिजेन्सको रिपोर्ट सिबिसी लगायत अन्य सञ्चार माध्यममा बाहिरिएको हो।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यालोलिन लेभिटले यसलाई अमेरिकी गुप्तचर निकाय र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई असफल बनाउन गरिएको गलत प्रयास भनेकी छन् । उनले सामाजिक सञ्जालको पोस्टमा आफ्नो धारणा सार्वजनिक गर्दै यो रिपोर्ट गलत भएको दाबी गरेकी हुन् ।

‘हजारौँ पाउन्ड बम निसानमा नै प्रहार हुँदा के हुन्छ। त्यो सबैले बुझ्ने कुरा हो’, लेभिटले सामाजिक सञ्जालमा लेखेकी छन्।

रिपोर्ट सार्वजनिक भएको भनिउको प्रारम्भिक मूल्याङ्कन अनुसार फोर्डोको केन्द्रको मुखमा प्रहार भएको तथा सो हतियार गुफाको भित्री भागमा एकदमै गहिराइसम्म रहेको जनाइएको छ। सिबिसीले सार्वजनिक भएको भनेको रिपोर्ट र लेभिटको भनाइ भने बाँझिएको छ। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।