शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

इजरायल-इरान युद्ध विराममा सहमति : ट्रम्पको घोषणामा के छ ?

Share:
174

वासिङ्टन, असार १० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच पूर्ण र सम्पूर्ण युद्ध विरामको सहमति भएको घोषणा गरेका छन्। ट्रम्पको यो घोषणा सत्य भएमा दुई देशलाई युद्धको अन्त्यतर्फ लैजाने छ।

ट्रम्पको घोषणा

सबैलाई बधाई छ ! इजरायल र इरानबीच पूर्ण र सम्पूर्ण युद्ध विरामको सहमति भइसकेको छ (झन्डै ६ घण्टापछि, जब दुबै देशले आफ्ना अन्तिम सैन्य अभियानहरू पूरा गर्छन् !), १२ घण्टाको लागि युद्ध विराम हुनेछ । त्यसपछि युद्ध अन्त्य भएको मानिने छ।’

आधिकारिक रूपमा इरानले युद्ध विराम सुरू गर्नेछ । १२औं घण्टामा इजरायलले युद्ध विराम सुरु गर्नेछ। त्यसपछि २४औं घण्टामा १२ दिने युद्धको अन्त्यलाई विश्वले सम्मानपूर्वक स्वीकार गर्नेछ। युद्ध विरामको प्रत्येक चरणमा अर्को पक्ष शान्त र सम्मानजनक व्यवहार गर्नेछ।

यदि सबै कुरा योजना अनुसार चल्यो भने म दुबै देशलाई यस्तो युद्धको अन्त्य गर्न देखाएको धैर्यता, साहस र बुद्धिमत्ताका लागि बधाई दिन चाहन्छु, जसलाई ‘१२ दिने युद्ध’ भनेर चिनिनु पर्छ।

यो यस्तो युद्ध थियो, जुन वर्षौंसम्म तानिन सक्थ्यो र पुरै मध्यपूर्वलाई तहस(नहस पार्न सक्थ्यो। तर त्यो भएको छैन र कहिल्यै हुने पनि छैन१ ईश्वरले इजरायललाई आशीर्वाद दिनुहोस्, ईश्वरले इरानलाई आशीर्वाद दिनुहोस्, ईश्वरले मध्यपूर्वलाई आशीर्वाद दिनुहोस्, ईश्वरले अमेरिकालाई आशीर्वाद दिनुहोस् र ईश्वरले संसारलाई आशीर्वाद दिनुहोस् । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।