शुक्र, माघ ९, २०८२
Search
शुक्र, माघ ९, २०८२

फिफा क्लब विश्वकप : रियल मड्रिडको जित

Share:
182

असार ९ । फिफा क्लब विश्वकप अन्तर्गत समूह एचको खेलमा रियल मड्रिडले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा मेक्सिको क्लब पाचुकालाई ३–१ गोलले हराउँदै रियलले सहज जित निकालेको हो ।

रियलका लागि जुड बेलिङघम, आर्डा गलर र फ्रेड्रिको भाल्भार्डेले एक–एक गोल गरेका थिए । पाचुकाका लागि एलियास मोन्टेसले एक गोल फर्काएका थिए ।

खेलमा रियल १० खेलाडीमा सीमित भएको थियो । राउल एसेननिसियाले सातौँ मिनेटमा नै रातो कार्ड पाएका थिए ।

यो जितसँगै दुई खेलबाट रियल मड्रिड ४ अंकका साथ समूहको शीर्षस्थानमा रहेको छ । पराजित भएको पाचुका अंकविहीन छ ।

यसैगरी, आइतबार राति नै भएको सोही समूहको अर्को खेलमा रेड बुल साल्जब्रग र अल हिलाल बिच गोल रहित बराबरी भएको छ । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।