शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

पत्रकार दिलभुषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

Share:
224

काठमाडौं, असार ५ । पत्रकार दिलभुषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले यस्तो आदेश दिएको हो ।

“निवेदकले सम्प्रेषित गरेको सामग्रीबाट कसूर भएको भनी परेको जाहेरीको आधारमा निजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था स्थापित भएको नदेखिँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म निवदेकलाई पक्राउ नगर्नू भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम यस अदालतबाट जारी भएको अल्पकालीन आदेशलाई निरन्तरता दिएको छ ।”

दिलभुषण पाठकले हिल्टन होटलसम्बन्धी एक कार्यक्रममा व्यक्त गरेका धारणा विरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु राणा देउवाका छोरा जयवीर देउवाले प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका थिए ।

उक्त उजुरीपछि पाठकलाई प्रहरीले पक्राउ पुर्जी लिएर पक्राउको तयारी गरेको थियो । त्यसपछि पाठक अदालत गएका थिए ।

“प्रस्तुत रिट निवेदन अध्ययन गरी अन्तरिम आदेश समेतको माग भएतर्फ विचार गर्दा, निवेदकले आफू मुलधारणको मिडियाहरुमार्फत् दशकौँदेखि पत्रकारिता गरिआएको र अनलाइन अनुमति प्राप्त इन्टरफेस नेपाल नेटवर्कमार्फत् प्रशारण भएको होटल हिल्टनको सेयर खरिद सम्बन्धी सामग्रीलाई आधार लिई विद्युतीय कारोबार सम्बन्धी कसूरमा पक्राउ गर्न लागिएको हुँदा निषेधाज्ञा जारी गरी पाउँ भन्न निवेदकको निवेदन माग दाबी रहेको देखिन्छ,” आदेशमा भनिएको छ ।

आदेशमा प्रेस काउन्सिल ऐन २०४८ मा स्वस्थ पत्रकारिकताको विकासको लागि प्रेस काउन्सिलको व्इवस्था भई समग्र पत्रकारिता क्षेत्रको नियमनकारी निकायका रुपमा सो काउन्सिल क्रियाशील रहेको व्यवस्था रहेको पनि अदालतले आदेशमार्फत् भनेको छ ।

“उक्त ऐनको दफा १२ मा भएको व्यवस्था तथा ऐनअनुसार लागु भएको पत्रकार आचारसंहिता, २०७३ को व्यवस्थाअनुसार सञ्चार माध्यम वा पत्रकारले सम्प्रेषण गरेको सामग्रीबाट मर्का पर्ने व्यक्तिले उक्त काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था भई त्यस्तो उजुरी उपर काउन्सिलबाट छानबिन र कारबाही हुन सक्ने अवस्था रहेको देखिन्छ ।”

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।