शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

कालिका- २ का २० जनालाई निःशुल्क पल्म्बर तथा जीवन उपयोगी सिप

Share:
243

रत्ननगर, असार ५ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चितवनको कालिका नगरपालिका वडा नं. २ मा ४० दिने कार्यस्थलमा आधारित निःशुल्क पल्म्बर तालिम तथा १० दिने जीवन उपयोगी सिप, उधमशिलता बिकास र बित्तिय व्यपस्थापन तथा अभिलेखिकरण तालिम दिईएकोछ ।

क्रियटिभ स्कील्स प्रा. लि विरगञ्जले प्रदान गरेको तालिम बिहीबार समापन गरिएको छ । सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि कालिकाका नगर प्रबक्ता तथा वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेलले तालिममा सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा बोल्दै पौडेलले महिला दिदी बहिनीहरू अरूमा आश्रीत नभईकन आफैमा निर्भर हुनुपर्ने बताए । वडा नं. २ ले महिला लक्षित विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए । आम्दानिको श्रोत बढाउन आजैदेखि आफूले सिकेको सिपको सहि सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “जीवन उपयोगी सीपले जीवनमा आइपर्ने समस्या र चुनौतीलाई सामान गर्न सिप आवश्यक छ, सीपले जिम्मेवारी बनाउनुका साथै बौद्धिक क्षमतामा समेत सहयोग पुर्‍याउछ ।”

वडा सदस्य शान्ति महतोले तालिममा छलफल भएका र सिकेका विषयलाई आफ्नो जीवनमा लागू गर्न अनुरोध गरिन् ।

क्रियटिभ स्कील्स प्रा.लि विरगञ्जका प्रबन्ध निर्देशक रबिन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा, कालिका नगरपालिकाका रोजगार सहायक लक्ष्मण पौडेल, कार्यक्रम संयोजक वर्षा धिमिरे लगाएतले मन्तव्य राखेका थिए ।

धन प्रसाद सुवेदीले प्रशिक्षण दिएको तालिममा २० जनाको सहभागीता रहेको थियो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।