शुक्र, जेष्ठ १, २०८३
Search
शुक्र, जेष्ठ १, २०८३

टी–२० सिरिज : नेदरल्यान्ड्ससँग भिड्दै नेपाल

Share:
328

असार २ । नेपाली क्रिकेट टिमले सोमबार त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ।

स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो। सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको छ। आजको खेलमा नेपाल र नेदल्यान्ड्स दुवै टिम पहिलो जितको खोजीमा हुनेछन्।

टी–२० सिरिजका लागि नेपाल क्रिकेट सङ्घ ९क्यान० रोहित पौडेलको कप्तानीमा नेपाली १६ सदस्यीय टोलीको घोषणा गरेको छ। यो सिरिजमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहले अवसर पाएका छन्। नेपाल र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार सोमबार साँझ ७ः४५ बजे सुरु हुनेछ।

कारण सोमपाल कामी र गुलसन झाले सिरिज गुमाउँदा नयाँ खेलाडीले अवसर पाएका हुन्। सोमपाल र गुल्सन अभ्यासकोक्रममा घाइते भएका हुन्।

स्कटल्यान्डमा विश्वकप लिग–२ को सिरिजपछि टी–२० सिरिज हुन लागेको हो। विश्वकप लिग–२ मा नेपालले चार खेल खेल्दा तीन जित हात पारेको छ।

नेपाली टिम
कप्तान रोहित पौडेल, आशिफ शेख, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, नन्दन यादव, रिजन ढकाल, किरन ठगुन्ना, लोकेश बम, रुपेश सिंह र आरिफ शेख।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।