शुक्र, माघ ९, २०८२
Search
शुक्र, माघ ९, २०८२

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

Share:
205

काठमाडौं, जेठ २९ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ५२ पैसा र बिक्रीदर १३७ रुपियाँ १२ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ ०२ पैसा र बिक्रीदर १५६ रुपियाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ १० पैसा र बिक्रीदर १८४ रुपियाँ ९१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६५ रुपियाँ ९२ पैसा र बिक्रीदर १६६ रुपियाँ ६५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ८१ पैसा र बिक्रीदर ८९ रुपियाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ७५ पैसा र बिक्रीदर १०० रुपियाँ १० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ११ पैसा र बिक्रीदर १०६ रुपियाँ ५७ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४० पैसा र बिक्रीदर नौ रुपियाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९९ पैसा र बिक्रीदर १९ रुपियाँ ०८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४० पैसा र बिक्रीदर ३६ रुपियाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४६ पैसा र बिक्रीदर ३७ रुपियाँ ६३ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १८ पैसा र बिक्रीदर चार रुपियाँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १७ पैसा र बिक्रीदर ३७ रुपियाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ २२ पैसा र बिक्रीदर ३२ रुपियाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९४ पैसा र बिक्रीदर नौ रुपियाँ ९८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २० पैसा र बिक्रीदर १४ रुपियाँ २६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ९२ पैसा र बिक्रीदर २१ रुपियाँ ०१ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३९ पैसा र बिक्रीदर १७ रुपियाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपियाँ ७४ पैसा र बिक्रीदर ४४७ रुपियाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ ०१ पैसा र बिक्रीदर ३६३ रुपियाँ ६० पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ५८ पैसा र बिक्रीदर ३५६ रुपियाँ १४ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।