शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

आरिफको ८४ रन मद्दतमा नेदरल्याण्ड्सलाई नेपालले दियो २३७ रनको चुनौती

Share:
195

जेठ २७ । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको खेलमा नेपालले नेदरल्याण्ड्सलाई जितका लागि २३७ रनको चुनौती दिएको छ ।

स्कटल्याण्डको डण्डीमा टस हारेर ब्याटिङमा गएको नेपालले मध्यम स्कोर बनाएको हो। आरिफ शेखले ८५ बलमा ८४ रन बनाएपछि कुनै बेला संकटग्रस्त नेपालले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३६ रन बनाउन सफल भएको हो ।

नेपालका लागि आरिफले ८५ बलमा ७ चौका र २ छक्का हान्दै सर्वाधिक ८४ रनको अर्धशतकीय पारी खेले । आरिफले वानडेतर्फ अहिलेसम्मकै उच्च स्कोर हानेका हुन् । आरिफले गत साता नेदरल्याण्ड्ससँगको खेलमा पनि अर्धशतक बनाउँदै ७८ रनमा आउट भएका थिए ।

यसैगरि आजको खेलमा भीम सार्कीले ३८ बलमा ३ चौकासहित ३५ रन बनाए । तेस्रो विकेटका लागि भीम र कप्तान रोहितकुमार पौडेलले ७९ बलमा ५९ रन बनाए । कप्तान रोहित र भीमलाई माइकल लेभिटले आउट गरे ।

उपकप्तान दीपेन्द्रसिंह ऐरी २४ बलमा १ चौकाको सहयोगमा १६ रनमै आउट भए । सिरिजको अन्तिम खेलमा मौका पाएका बसिर अहमदले २५ बलमा ११ रन बनाए । करण केसी १९ बलमा १ चौकासहित ११ रनमा आउट भए । नन्दन यादव १० रनमा अविजित बने ।

नेपालका ओपनर कुशल भुर्तेल १८ रनमा आउट भए । कुशलले १९ बलमा २ चौका होन । दोस्रो विकेटका रुपमा १६ बल खेलेर अनिल साह २ रनमा आउट भए । नेपालका दुवै ओपनरलाई पल भान मेकरेनको शिकार भए ।

नेदरल्याण्ड्सले १० रन पेनाल्टी पायो । यसो हुँदा जवाफी ब्याटिङको सुरुमै नेदरल्याण्ड्सले कुनै बल सामना नगरी १० रन पाउने छ । उता बलिङतर्फ नेदरल्याण्ड्सका पल भानले ४ र लेभिटले ३ तथा आर्यन दत्तले १ विकेट लिए ।

नेपालले मंगलबार ३ खेलाडी परिवर्तन गरेको थियो । आसिफ शेख, गुल्शन झा र सोमपाल कामीको ठाउँमा नन्दन यादव, बसिर अहमद र अनिल साह आए ।

नन्दनले वानडेमा डेब्यु गरे। उनले एक महिनाअघि टी-ट्वान्टी आईमा डेब्यु गरेका थिए । नन्दन नेपालका लागि ओडीआई खेल्ने ४२औं खेलाडी भएका छन् ।

बसिरले वानडेमा पुनरागमन गरेका हुन् । बसिरले सन् २०२२ जुलाई १६ मा नामिबियाविरुद्ध ओडीआईमा देखिएका थिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।