शुक्र, माघ ९, २०८२
Search
शुक्र, माघ ९, २०८२

आप्रवासीको प्रदर्शन रोक्न नसकेपछि ट्रम्पले खटाए समुद्री सेना

Share:
227

लस एन्जलस, जेठ २७ । अमेरिकाको लस एन्जलसमा आप्रवासी धरपकडविरुद्धमा प्रदर्शन जारी छ। शुक्रबारदेखि सुरु भएको प्रदर्शन सोमबार पनि कायम नै रहेको छ। यसअघि सो प्रदर्शनलाई रोक्न राष्ट्रिय सुरक्षा गार्ड प्रयोग गरिए पनि असफल भएपछि सङ्घीय सरकारले समुद्री सेना पनि तैनाथ गरेको छ। प्रदर्शन रोक्न थप सात सय समुद्री सेना तैनाथ गरिएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड प्रयोग गर्ने नीति सही रहेको जिकिर गरेका छन्। यता राष्ट्रिय सुरक्षा गार्ड प्रदर्शन रोक्न प्रयोग भएको भन्दै क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले राष्ट्रपति ट्रम्पविरुद्धमा मुद्दा दर्ता गरेका छन्। सोमबार क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टा र न्युसमले ट्रम्पविरुद्धमा मुद्दा दर्ता गरेका हुन्।

न्युसमले ट्रम्पले आफ्नो अनुमति बिना राष्ट्रिय सुरक्षा गार्ड प्रयोग गरेको भन्दै मुद्दा दर्ता गरेका हुन्। समुद्री सेनाको समेत प्रयोग गरिएपछि न्युसमले यसको आलोचना गरेका छन्। उनले प्रयोग गरिएका सम्पूर्ण सेनालाई आफ्नै देशका बासिन्दाको विरुद्धमा कदम नउठाएमा नायक ठहरिने समेत बताए।

प्रशासनले गिरफ्तार भएका मजदुर नेता डेभिड हेराल्डलाई अदालतमा लैजाने तयारी गरेको छ। महानगरीय बन्दी गृहमा राखिएका उनलाई नजिकको अदालतमा उपस्थित गराइने भएको हो।

प्रदर्शनकारी त्यहीँ रहेको पार्कमा भेला हुँदै उनको रिहाइका लागि आन्दोलन गर्ने कार्यक्रम छ। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।