मङ्ल, जेष्ठ १२, २०८३
Search
मङ्ल, जेष्ठ १२, २०८३

आज २०८२ साल असोज ९ गते बिहीबारको राशिफल

Share:
272

आज २०८२ साल असोज ९ गते बिहीबार। आश्विन शुक्ल पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर २५ तारिख। नवरात्रको चौथो दिन। कुष्माण्डा देवीको पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। सहयोगीको साथ मिल्नेछ। सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा लाभ प्राप्त हुनेछ। विदेशी रमझमले मन आकर्षित गर्नेछ।

वृष : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। शिक्षामा प्रगति हुनेछ। परिवारले साथ दिनेछन्। राजनीति नगर्नु उचित हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ। परिवारलाई विश्वास गर्ने बानीले धोका हुनेछ। लगानीका क्षेत्र सबल छन्। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ।

कर्कट : दिन सामान्य छ। दशैँको रमझमले ऋण बढ्नेछ। राजनीतिक क्षेत्रमा धोका दिने साथी सक्रिय छन्। धार्मिक कार्यमा सहभागी भएमा दिन सहजै बित्नेछ। बोलीका कारण आफन्त टाढा पुग्नेछन्। विदेशमा गरेको लगानीबाट घाटा हुनेछ।

सिंह : दिन राम्रो छ। शिक्षामा गरेको लगानीले उत्साह बढ्नेछ। राजीनिक क्षेत्रमा तपाईंको नामको चर्चा हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। रोगबाट मुक्त हुने योग छ। अग्रजको सुझाव अनुसार काम गर्नु उचित हुन्छ।

कन्या : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। अरुले विवाद गर्दा तपाईंलाई फाइदा हुनेछ। विपक्षीको साथ मिल्नेछ। रोगबाट मुक्त हुने योग छ। परिवारबाट लाभ हुनेछ। राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ।

तुला : दिन राम्रो छ। राम्रो योजना बन्नेछ। पुराना साथीको साथ मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : दिन राम्रो छ। आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन्। श्रम शोषण गर्नेहरु निरास बन्नेछन्। स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षा र रोजगारीमा बढुवा हुनेछ। दैनिक काम सहजै बन्नेछ।

धनु : दिन राम्रो छ। लगानीबाट फाइदा हुनेछ। व्यापारमा हिम्मत गर्नुपर्ने दिन छ। सम्पत्ति खर्च भए पनि तपाईंको इज्जत बढ्नेछ। शिक्षाको लगानीले खुशी बढाउने छ। सोचेको काम सहज बन्नेछ।

मकर : दिन राम्रो छ। राम्रो कामको सुरुवात हुनेछ। छिमेकीसँगको भेटमा मन शान्त बन्नेछ। विपक्षीको साथ मिल्नेछ। स्वास्थ्यमा गरेको प्रयासबाट लाभ प्राप्त हुनेछ। परिवारसँग रमाइलो घुमघामको योग परेको छ।

कुम्भ : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रा नगर्नु उचित हुन्छ। सोचेको काम नबन्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ।

मीन : दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुने जोखिम छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ। सहकर्मीबाट धोका हुनेछ। परिवारको साथ र सहयोग तपाईंका लागि सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।