मङ्ल, जेष्ठ १२, २०८३
Search
मङ्ल, जेष्ठ १२, २०८३

एसिया कप : भारतसँगको रोचक भिडन्तमा ओमान २१ रनले पराजित

Share:
208

असोज ४ । एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले ओमानलाई २१ रनले पराजित गरेको छ । टस जितेर सुरुमा ब्याटिङ गरेको भारतले पूरै २० ओभर खेल्दा आठ विकेट गुमाएर दिएको १८८ रन बनायो । १८९ रनको लक्ष्य पछ्याएको ओमानले पूरै २० ओभर खेल्दै मात्र चार विकेट गुमाएर १६७ रन बनाएको हो । भारतविरुद्ध ओमानको यो खेलको चर्चा विश्व क्रिकेटमा भएको छ । ओमानले भारतविरुद्ध दुई वटा अर्धशतक बनाएपछि यसको चर्चा थप चुलिएको हो ।

भारतका लागि ओपनर सुभमल गिल सस्तैमा समेटिएपछि अभिषेक शर्माले १५ बलमा ३८ रन हिर्काए । उनले पाँच चौका र दुई छक्का प्रहार गरे । भारतका लागि सुस्त गतिमा ब्याटिङ गरेका तेस्रोक्रमका सञ्जु सामसनले ४१ बलमा अर्धशकत बनाए । उनले ४५ बलको सामना गर्दै ५६ रन बनाएका हुन् । भारतका लागि उनले टिकेर खेले पनि अन्तिम तीन ओभरमा भारतले मात्र २१ रन जोडेको थियो ।

भारतविरुद्धको ओमानको बलिङसमेत चर्चा योग्यो थियो । ओमानका फैसला शाह, जितेन रमनन्दी र आमिर कलमीले समान दुईदुई विकेट हात पारे ।

१८९ रनको चुनौती पाएको ओमानको भारतविरुद्धको जवाफी ब्याटिङ आकर्षक थियो । उसका लागि आमिर कलिम र हम्माद मिर्जाले अर्धशतक बनाए । ४६ बलको सामना गरेका कलिमले भारतविरुद्ध ६४ रन हिर्काउँदै आकर्षक ब्याटिङ गरे । अर्का ब्याट्सम्यान मिर्जाले ३३ बलमा ५१ रन जोडे । उसका लागि कप्तान जतिन्द्र सिंहले ३२ रन थपे ।

भारतका हार्दिक पाण्डया,आर्शदीप सिंह, हरसित राना र कुलदीप यादवले समान एकएक विकेट हात पारे । यो जितसँगै अपराजित भारत भारत ६ अंकका साथ समूह ‘ए’को विजेता बन्दै सुपरा फोमा पुगेको छ । ओमान भने प्रतियोगिताबाट बाहिरिएको छ । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।