बुध, मंसिर १०, २०८३
Search
बुध, मंसिर १०, २०८३

नारायणी महोत्सव ५८ वटा सीसीटीभी क्यामेराको निरन्तर निगरानीमा

Share:
5

चितवन, मंसिर ९ । चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सव २०८३ लाई ५८ वटा सीसीटीभी क्यामेराले निरन्तर निगरानी गरिरहेका छन् ।

महोत्सवलाई सुरक्षित, व्यवस्थित तथा सभ्य बनाउन महोत्सव परिसरमा ५८ वटा सीसीटीभी क्यामेरा राखिएको हो ।

महोत्सवमा आउने दर्शक तथा आगन्तुकहरूको सुरक्षा र गतिविधिको निगरानीलाई प्रभावकारी बनाउन अत्याधुनिक प्रविधिसहितका ५८ वटा सीसीटीभी क्यामेरा जडान गरिएको आयोजकले जनाएको छ ।

महोत्सव परिसरमा सीसीटीभी क्यामेरा जडान गर्ने कार्य जर्मन आईटी सोलुसनले गरेको हो । हिकभिजनको आधिकारिक विक्रेता जर्मन आईटी सोलुसनले चितवनमा आयोजना हुने अधिकांश ठूला महोत्सवहरूमा सीसीटीभी क्यामेरा जडान गर्दै आएको छ । कम्पनीले नेपालका विभिन्न स्थानमा समेत सुरक्षा निगरानीसम्बन्धी प्रविधि जडान गर्दै आएको जनाएको छ ।

त्यसैगरी, महोत्सवमा सीसीटीभी क्यामेरा जडान तथा व्यवस्थापनका लागि भायानेटले समेत सहकार्य गरेको छ ।

५८ वटा सीसीटीभी क्यामेराको निगरानीले महोत्सव परिसरलाई थप सुरक्षित र व्यवस्थित बनाउनुका साथै दर्शकहरुलाई ढुक्क भएर महोत्सव अवलोकन गर्ने वातावरण तयार गरेको छ ।

रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला परिषद् चितवनको सहआयोजनामा मंसिर ३ गतेदेखि दोस्रो नारायणी महोत्सव २०८३ सञ्चालन भइरहेको छ । महोत्सव मंसिर १८ गतेसम्म चल्ने छ ।

महोत्सवमा विभिन्न किसिमका स्टलहरुका साथै बाल उद्यान, जिरो ग्र्याभिटि राइड, ३६० डिग्रि राइड र पिरामिड गेटले आगन्तुकको ध्यान तानेको छ । महोत्सवमा दिनहुँ राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिइरहेका छन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।