आइत, मंसिर ७, २०८३
Search
आइत, मंसिर ७, २०८३

नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

Share:
3

चितवन, मंसिर ६ । चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सव २०८३ मा भोलि मंसिर ७ गते चर्चित नेपाली सांगीतिक समूह कुमा सागर एण्ड द ख्वपाको विशेष लाइभ कन्सर्ट आयोजना हुने भएको छ । साँझ ५ बजेपछि ९ बजेसम्म उक्त कन्सर्ट हुने ।
महोत्सवमा दिनदिनै नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुति तथा आदिवासी जनजातीको साँस्कृतिक प्रस्तुति समेत भइरहेका छन् ।

यसका साथै महोत्सवमा चर्चित गायिका समिक्षा अधिकारी, रचना रिमाल, गायक अशोक दर्जी, अर्जुन सापकोटा, कुलिन्द्र विक, बसन्त थापा, खुमन अधिकारी, बबिना किराँती, कुशल बेलबासे, टिका सानु, बिन्दु परियार लगायतका राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सव अन्तर्गत मंसिर ७ गते हुने कन्सर्टलाई …चितवन म्युजिक फेस्टÚ नाम दिइएको छ । नदी किनारको खुला वातावरणमा लाइभ संगीतको आनन्द लिन सकिने आयोजकले जनाएको छ ।

महोत्सव परिसर भित्रको कन्सर्ट जोनमा प्रवेश गर्नका लागि साधारण टिकटको मूल्य ३०० रुपैयाँ र भीआईपी टिकटको मूल्य ५०० रुपैयाँ निर्धारण गरिएको छ । कार्यक्रमस्थलमै समेत टिकट उपलब्ध हुने छ ।

नेपाली मौलिक संगीत र फरक सांगीतिक शैलीका कारण युवा पुस्तामाझ लोकप्रिय कुमा सागर एण्ड द ख्वपाको प्रस्तुतिले महोत्सवको सांगीतिक माहोल थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ ।

रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिको आयोजना र आदिवासी महासंघ जिल्ला समन्वय परिषद् चितवनको सह आयोजनामा जारी दोस्रो संस्करणको नारायणी महोत्सव मंसिर १८ गतेसम्म चल्नेछ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।